नेपालमा सर्वाधिक डाउनलोड गरिएका १० एन्ड्रोइड एप हरु


नेपालमा सर्वाधिक डाउनलोड गरिएका १० एन्ड्रोइड एप हरु


१. टिक टक् 
२. पि आइ नेट्वर्क् 
३. फेसबुक लाइट् 
४. गरेना फ्री फायर: र्याम्पेज् 
५. जूम क्लाउड मिटिंग् 
६. व्हाट्सेप मेसेन्जर् 
७. फेसबुक मेसेन्जर् 
८. डक्टर केयर् 
९. इमो फ्री भिडियो कल्स एन्ड च्याट् 
१०. माइ टकिंग टम

१. टिक टक:  टिक टक, नेपालमा डाउनलोड गरिएको एप हरु मध्ये सबैभन्दा धेरै रुचाइएको एप हो । यसको डाउनलोड संख्या विश्वभरिबाट लगभग २३ मिलियन रहेको छ । यस एप मा प्रयोगकर्ताहरूले छोटा खालका मोबाइल भिडियो बनाउन सक्नेछन् र अरूले हालेका भिडियो हरु हेर्न सक्छन् । विभिन्न विधाहरूमा भिडियो बनाएर लाइक र फलोवर कमाउन सकिने, साथै पैसा पनि कमाउन मिल्ने भएका कारण ले गर्दा, युवा पिडी मा यो एप धेरै नै चर्चित भएको हुन सक्छ ।

२. पी आई नेटवर्क : यो एप भर्खरै बजार मा आएको एप हो । यसका प्रयोगकर्ता विश्वमा कम छन् तर नेपाल मा प्रयोग गरिने यो दोश्रो ठूलो एप बनेको छ । यो एक नयाँ डिजिटल मुद्रा हो । यसको प्रयोगबाट पी आई होल्डिङ हरु बढाउन र आफ्नो डिजिटल वालेट होस्ट गर्न मिल्छ भनिएको छ । 

३. फेसबूक लाइट : फेसबूक लाइट फेसबूक कै सानो र हलुका एप हो जसको साइज सानो भएको कारणले प्रयोगकर्ताहरूको मोबाइलमा धेरै स्पेस ओगट्दैन तर फेसबूक हेभी जस्तो सबै विशेषता प्रयोग गर्न भने मिल्दैन । तर स्टोरी, न्युज फीड हेर्न, फोटो हेर्न, अपलोड गर्न, च्याट गर्न भने मिल्छ । अति आवश्यक विशेषता प्रयोग गर्नका लागि, यो एप चलाउन सकिन्छ, तर यदि प्रयोगकर्ताहरूको मोबाइल मा हाइ एंड सेटिङ छ भने, फेसबूक हेभी नै चलाउन उचीत हुन्छ ।

४. गरेना फ्री फायर र्याम्पेज : यो एउटा एन्ड्रोइड गेम हो जहाँ खेल्नका लागि अकाउन्ट बनाइन्छ र खेल सँगै आफ्नो अकाउन्ट अपग्रेड हुँदै जान्छ । यो एउटा सर्भाइभल सुटर गेम हो जहाँ प्रत्येक १० मिनट को खेलले प्रयोगकर्ताहरूलाई एउटा टाढाको टापु मा राख्दछ जहाँ उनीहरू अन्य ४९ जना खेलाडी विरुद्ध प्रतिस्पर्धा गर्दछन् । लामो समयसम्म सुरक्षित रहन का लागि विशेष रणनीति अनुसार खेल्नुपर्ने हुन्छ । विशेष गरी नेपाली खेल प्रेमी हरुका माझ यो धेरै चर्चित खेल रहेको छ । यसै खेल को प्रतिद्वन्द्वी का रूप मा पब्जी मोबाइल पनि छ, तर नेपाल मा फ्री फायर खेल चौथो स्थान मा पर्न गएको पाइन्छ ।

५. जुम क्लाउड मिटिङ : यो एप लक डाउन कै कारण पाँचौं स्थान मा पर्न गएको हुन सक्छ । मिटिङ होस्ट गर्न र शिक्षण सिकाइ का लागि यो एप एकदमै चर्चित छ । अनलाइन मार्फत कक्षा सञ्चालन गर्नका लागि यसको प्रयोग विशेषतः भएको पाइएको छ । चलाउन सहज हुने र विद्यार्थी मैत्री पनि भएका ले यसलाई बुझ्न कठिन छैन । त्यसकारण यसको प्रयोग नेपाल लगायत अहिले विश्व मा नै सर्वाधिक छ । यसै एप को प्रतिद्वन्दी का रूप मा अन्य दुई वटा एप रहेका छन्, जीयो क्लाउड मिटिङ र गूगल मिट ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार