श्रावण ८, विहिवार
विराटनगर -२ स्थित विराट नर्सिङ होमका चिकित्सक/ संचालक लाई कोरोना पोजिटिभ देखिएको तर सो घटना का जानकारी का कारणले अस्पतालको कारोबार घट्न सक्ने भएकाले, सम्बन्धित निकाय सँग आफू कोरोना पोजिटिभ भएको कुरा लुकाएका थिए । उनको पहिचान भएपछि विराटनगर महानगरपालीकाको जनस्वास्थ्य महाशाखाले विराट नर्सिंग होम लाई अनिश्चित काल का लागि सिल गरेको छ ।
उनलाई श्रावण ७ गते बुधबार नै कोरोना पोजिटिभ भएको पुष्टी भएको थियो तर पहिचान नखुलाई स्वाब परीक्षण गरेका कारणले बिरामी को यकीन पहिचान भएको थिएन । उनको सम्पर्क मा आएका संपूर्ण बिरामी, कर्मचारी तथा अन्य व्यक्ति को कन्ट्याक्ट ट्रेसिङ गरेर कोरोना परीक्षण गरिने छ ।
सम्पर्कमा आउने संपूर्ण कर्मचारी, सेवाग्राही, उपचार मा आउने बिरामीहरू र अन्य व्यक्तिको पहिचान गरी परीक्षण गरेर रिपोर्ट नआउञ्जेल सम्मका लागि विराट अस्पताल ( विराट नर्सिङ होम ) को सिलबन्दी रहन सक्ने अनुमान लगाउन सकिन्छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :