आदर्श विद्यालयमा अन्तर्क्रिया कार्यक्रम



विराटनगर, श्रावण १३
शिक्षाको गुणस्तर कसरी बढाउन सकिन्छ र सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि र गुणस्तर कसरी वृद्धि विकास गर्न सकिन्छ भन्ने मूल उद्धेश्यका साथ आज विराटनगरको आदर्श माध्यमिक विद्यलयमा अन्तर्क्रिया कार्यक्रम / गोष्ठी को आयोजना गरिएको थियो । कार्यक्रम आदर्श विद्यालय व्यवस्थापन समितिकी सदस्य श्री भगवती पोखरेल ज्यूको अध्यक्षतामा भएको थियो।

कार्यक्रममा नेपाल सरकार र महानगरले निर्दिष्ट गरेको भौतिक दूरी कायम गरी छलफल गरिएको थियो । उक्त कार्यक्रममा आदर्श माध्यमिक विद्यालयका प्रधनाध्यापक श्री तुलसी प्रसाद दुलाल, सह प्रधानाध्यापक सन्तोष पोखरेल, सह प्रधानाध्यापक भगीरथ पोखरेल, विद्यालय व्यवस्थापन समितिकी सदस्य श्री भगवती पोखरेल, शिक्षक कर्मचारी तथा तपशील बमोजिमका पदाधिकारीहरुको उपस्थिति रहेको थियो :

१. श्री नवराज कार्की (प्र.प्र.अ) बर्जु गाउँपालिका, सुनसरी
२. श्री बाबुराम कार्की ( शिक्षा अधिकृत) बर्जू गाउँपालिका
३. प्रह्लाद कामत ( शिक्षा समिति सदस्य, प्र. अ ( राम सीता मावि ))
४. श्री दयानन्द चौधरी (शिक्षा समिती सदस्य ) वर्जु गाउँपालिका
५. श्री हेमराज दाहाल (प्रा. स) वर्जू गाउँपालिका

कार्यक्रममा सन्तोष पोखरेल ज्यूले संक्षिप्त परिचय बाट सुरु गर्नुभएको थियो र महानगरका स्थापित सामुदायिक विद्यालयहरुले कसरी अझ गम्भीर भएर अगाडि बढ्न सक्छन् भन्ने कुरामा आफ्ना भनाई राख्नुभएको थियो। साथै, विद्यालयका प्राचार्य श्री तुलसी प्रसाद दुलालले विद्यालयमा भइरहेका गतिविधि, विद्यालय का कार्यविधि, योजना , समस्या र उपायका बारेमा प्रष्ट पार्नुभएको थियो। 

दुलालले आदर्श विद्यालयले विगतमा नेपाली र अङ्ग्रेजी माध्यममा कस्ता किसिमका कार्यहरू गरेर अगाडि बढेको भन्ने विषयमा समेत आफ्ना भनाई राख्नुभएको थियो। विद्यालय का शिक्षक र कर्मचारीको प्रतिस्पर्धात्मक क्षमता, योग्यता, विद्यालय को प्रविधिमैत्री वातावरण, अभिभावक को सहयोग, विद्यार्थी को सिकाइ प्रतिको सकारात्मक सोच र शिक्षक कर्मचारी को दृढ संकल्प र साहस को प्रतिफल का कारण आदर्श विद्यालय यो स्थानसम्म आइपुगेको कुरा समेत दुलाल ले अवगत गराउनुभएको थियो साथै, बर्जु गाउँपालिकाका सामुदायिक विद्यालयहरुले यी कुराहरू कसरी आफ्नो विद्यालयमा अभ्यास गर्न गराउन सक्छन् भन्ने कुरा बताउनुभयो ।

विद्यालयका सह प्रधानअध्यापक भगीरथ पोखरेल ज्यूले आदर्श विद्यालयले विगतमा अङ्ग्रेजी माध्यम सुरुवात गर्दा कस्ता किसिमका अप्ठ्यारा हरुलाई छिचोल्दै अहिलेको यो अवस्था सम्म आइपुगियो भन्ने कुरा व्याख्या गर्नुभएको थियो । वहाँका अनुसार, अङ्ग्रेजी माध्यममा शिक्षण सिकाइ का लागि आवश्यक पर्ने शैक्षिक तालिम, कक्षा सञ्चालन गर्ने पूर्व योजना, शिक्षकहरूको विद्यार्थी लाई सिकाइप्रती प्रेरित गर्न सक्ने क्षमता र अभिभावक हरुलाई विश्वास दिलाउन सक्ने मनोवृत्ति भएमा आदर्श विद्यालयले जस्तै अन्य सामुदायिक विद्यालयले समेत सोही किसिमको प्रगति हासिल गर्न सक्छन् । 

कार्यक्रम को अन्त्यमा शिक्षा समितिका पदाधिकारीहरुले आ आफ्नो व्यक्तिगत धारणा राख्नुभएको थियो । साथै, आदर्श विद्यालय कै पूर्व शिक्षक तथा हाल बर्जू गाउँपालिकामा प्रा. स का रूपमा कार्यरत हेमराज दाहाल ले आदर्श विद्यालयले अभिभावकको विश्वास जितेको र यो विश्वास जित्न का लागि आदर्श विद्यालयका संपूर्ण शिक्षक कर्मचारीहरुको महत्वपुर्ण भुमिका रहेको साथै अङ्ग्रेजी माध्यम सुरु गरी ४०० विद्यार्थी भएको आदर्श विद्यालयमा हाल ४००० विद्यार्थी अध्ययनरत हुनुमा पूर्व प्रधानाध्यापक श्री दुर्गा प्रसाद चुडालको अतुलनीय योगदान रहेको कुरा अवगत गराउनुभयो । साथै, अभिभावकको विश्वासलाई टिकाइराख्न अझै परिश्रम र दृढताका साथ अनवरत रूप मा आदर्श विद्यालय लाग्ने विश्वास राख्नुभयो । 


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार