प्रदेश नं १ मा हालसम्म ९८७ जना कोरोना संक्रमित, विराटनगरमा १४



श्रावण १३, मङ्गलबार
अहिलेसम्मको तथ्याङ्क ले देखाए अनुसार, प्रदेश १ मा जम्मा ९८७ जना कोरोना संक्रमित भएका मध्ये, ४०३ जना डिस्चार्ज भइसकेका छन्। प्रदेश १ का १४ जिल्ला गरी जम्मा संक्रमित संख्या ९८७ पुगेको हो । जसमध्ये, झापामा संक्रमित संख्या हालसम्म ३४६ सबैभन्दा उच्च रहेको छ भने १८२ जना डिस्चार्ज भइसकेका छन् । संक्रमण को तथ्यांक अनुसार, मोरङ्ग दोश्रो स्थान मा छ जहाँ २७० संक्रमित मध्ये ९२ जना डिस्चार्ज भइसकेका छन् । मोरङ को विराटनगर मा मात्र १४ जना संक्रमित फेला परिसकेको छन् जसमध्ये, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बढी संक्रमित छन् । 

यसैगरी, सुनसरीमा संक्रमितको संख्या १३२ रहेको छ भने ५४ जना डिस्चार्ज भएर गइसकेका छन्। उदयपुरमा संक्रमित को संख्या ९२ भएको मा ३८ जना को डिस्चार्ज भइसकेको छ । यसैगरी इलाममा ३८, ओखलुङ्गामा २३, धनकुटामा १६, ताप्लेजुङमा १५, खोटाङ्ग मा १५, तेह्रथुममा १०, सोलुखुम्बुमा १०, पाँचथरमा ८, भोजपुरमा ६ र संखुवासभामा पनि ६ गरी जम्मा ९८७ जना संक्रमित रहेका मध्ये, ४०३ जना निको भएर फर्किसकेका हुन्। 

प्रदेश एक मा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या हालसम्म शुन्य रहेको छ । नेपालमा भर्खरको तथ्याङ्क अनुसार संक्रमितको संख्या १८,७५२ पुगिसकेको छ जसमध्ये १३,७५४ निको भइसकेका छन् भने ४८ जनाको मृत्यू भएको छ । संक्रमित मध्ये मृत्यु हुने संख्या प्रदेश नं २ मा हाल सम्मको उच्च रहेको छ (१३ जना) भने, कर्णाली प्रदेश मा १० जना को मृत्यू भइसकेको छ । त्यसैगरी सुदुरपस्चिम मा ६, गण्डकी मा ६, बागमती मा ९, कर्णालीमा ४ जनाको ज्यान गइसकेको छ भने प्रदेश नं १ मा हालसम्म कसैको कोरिनका कारण ज्यान नगएको तथ्यांक ले देखाएको छ । 

एजेन्सी ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार