यात्राको इतिहास नभएका व्यक्तिमा पनि कोरोना, विराटनगरमा ८२ संक्रमित



विराटनगर, श्रावण १५ गते, २०७७
विराटनगर मा थप १६ जना सहित, संक्रमित हुनेको संख्या हालसम्म ८२ पुगिसकेको छ । प्रदेश एक मा बिहीबारसम्म मा १०१८ संक्रमित पुगिसकेका छन् जसमध्ये ३१ जना नयाँ संक्रमित हुन । 

विराटनगरमा चिकित्सक मै कोरोना संक्रमण देखिएपछि, विराट नर्सिङ होम र कोशी अस्पतालको पोष्ट न्याटल वार्ड सिल भइसकेको छ । विशेष गरी भारतबाट आएका व्यक्तिहरू मार्फत संक्रमण फैलिएको र विराटनगरमा सामुदायिक स्तरमै कोरोना संक्रमण देखिएको छ । यात्राको इतिहास नै नभएका व्यक्तिहरूमा कसरी कोविड-१९ संक्रमण फैलियो भन्ने कुरा अन्योल मै छ तर घरायसी प्रयोगका समान हरु मार्फत संक्रमण फैलिएको हुन सक्ने अनुमान लगाउन सकिन्छ । 

व्यक्तिको जीवनशैली र खानपान मै समस्या भएका कारणले पनि संक्रमण भएको हुन सक्ने विज्ञहरु बताउँछन् । त्यसमा पनि धूम्रपान गर्ने व्यक्तिहरूमा कोरोना को उच्च जोखिम हुने चिकित्सक हरु बताउँछन् । यसरी ट्राभल हिस्ट्री नै नभएकाब्र संक्रमित को सम्पर्क मै न आएका व्यक्तिहरूमा समेत कोरोना पोजिटिभ देखिनु भनेको संक्रमण को तेश्रो स्टेज हो । यो समुदायमा फैलिने स्टेज मा पुगिसकेको कोरोना संक्रमण वातावरण मा फैलिएको भाइरसले हुन सक्ने अनुमान विज्ञहरु लगाउँछन् । यस्तो अवस्थामा सम्बन्धित निकायहरुले संक्रमण फैलावट रोक्न कुनै विशेष प्रविधि प्रयोग गर्न पनि सक्दैनन् ।

जतिसक्दो सुरक्षित बस्नु हुन र आफ्नो जीवनशैली तथा खानपानमा विचार गर्नुहुन सबैलाई आग्रह छ । लक डाउन सकिएपनि संक्रमण सकिएको छैन भन्ने मानसिकता बोकेर आफ्ना कार्यहरू गर्नुपर्ने अवस्था देख्न सकिन्छ । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार