विराटनगर पुनः लक डाउन, आजैदेखि लागू हुने


Biratnagar-lockdown

विराटनगर, श्रावण १६, २०७७
विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि, महानगरले लक डाउन घोषणा गरेको छ । आज शुक्रबार बसेको विराटनगर महानगरपालिका कोभिड क्राइसिस व्यवस्थापन समितिको बैठकले यस्तो घोषणा गरेको हो। 

आज राती १२:०० बजेदेखि लागू हुनेगरी भाद्र १ सम्मका लागि लक डाउन घोषणा गरिएको हो । लक डाउन मा अत्यावश्यक मानिएका काल कारखाना, व्यवसाय र सेवाहरु मात्र सञ्चालन हुनेछन्। जथाभावी हिँड डुल गर्न रोक लगाइने छ । साथै, विशेष किसिमका अत्यावश्यक सामग्रीको आपूर्ति समेत प्रोटोकल फलो गरेर मात्र पाइनेछ । अत्यावश्यक बाहेकका संपूर्ण व्यापार, व्यवसाय लक डाउन भरी सञ्चालन नगर्न अनुरोध गरिएको छ ।

समुदायस्तरमा कोरोना संक्रमण अझ नबढोस् भनेर महानगरले यस्तो बाध्यात्मक निर्णय लिनुपरेको, विराटनगर महानगरका मेयर भीम पराजुली ले बताउनुभयो । 

मिति २०७७/०४/१६ गते राति १२ बजेदेखि लागू हुनेगरि २०७७/०४/३० गते राती १२ बजेसम्म विराटनगर महानगरपालिका क्षेत्रभित्र लकडाउन गर्ने निर्णय गरिएको छ । खाद्यान्न, तरकारी तथा फलफूल पसलहरु (पुरानो र नयां गुद्री वजार बाहेक), औषधि पसल, दूध, पानी, ग्यांस, इन्धन, अक्सिजन, वारुणयन्त्र सेवा, एम्वुलेन्स सेवा, अस्पताल तथा नर्सिङ होम, बहिरंग सेवा बाहेक, आइसिपिबाट आउने-जाने मालबाहक सवारी साधनहरु, सरसफाईकर्मी, स्वास्थ्यकर्मी, सञ्चार लगायत अत्यावश्यक सेवा बाहेकका अन्य सम्पुर्ण सेवाहरु महानगर क्षेत्रभित्र बन्द गरिएको छ।

प्रेस विज्ञप्ती:
Biratnagar-lockdown

.

प्रतिक्रीया दिनुहोस :

1 Comments

आफ्नो प्रतिक्रिया दिनुहोस् :

Post a comment

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार