स्वास्थ्यकर्मीमै कोरोना संक्रमण पुष्टी भएपछि, कोशी अस्पताल को पोस्ट न्याटल वार्ड सिल



विराटनगर, श्रावण १२
विराटनगरको कोशी अस्पतालमा एक जना नर्स र एक जना चिकित्सक गरी दुईजना मा कोरोना संक्रमण पुष्टी भएपश्चात अस्पतालको पोस्ट न्याटल वार्ड सिल गरिएको छ । 

संक्रमित चिकित्सकलाई गएको शनिबार (१० गते) कोरोना पुष्टी भएको थियो। उनी बिदामा बसेका थिए र अस्पताल आएलगत्तै ज्वरो आएपछि उनको कोशी अस्पताल मै श्वाब परीक्षण गर्दा संक्रमण प्रमाणित भएको हो । उनको हाल कोशी अस्पताल कै कोभीड -१९ उपचार केन्द्र मा उपचार भइरहेको छ । उनी सप्तरी घर बाट फर्की भर्खरै हाजिर गरेका कारण धेरैको सम्पर्कमा आइसकेका थिएनन्, त्यसकारण कन्ट्याक्ट ट्रेसीङ गर्नुपर्ने आवश्यकता नहुन सक्छ ।

संक्रमित चिकित्सक अस्पतालको फार्मालोजी मा कार्यरत हुन भने संक्रमित नर्स कोशी अस्पतालकै पोस्ट न्याटल वार्ड मा कार्यरत हुन । उनी आंशिक रूप मा विराट नर्सिङ होम ( विराट अस्पताल) मा समेत कार्यरत थिईन् । आइतबार साँझ विराट र कोशी अस्पताल का चिकित्सक र कर्मचारी हरुको श्वाव परीक्षण गर्दा, विराट अस्पताल का ३ जना र कोशी अस्पताल की एक जना गरी जम्मा ४ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । 

पोस्ट न्याटल वार्ड सिल गरी संक्रमित नर्स को सम्पर्क मा आएकाहरुको कन्ट्याक्ट ट्रेसीङ् गरेर स्वाव परीक्षण गर्ने अस्पताल ले जनाएको छ । साथै पोस्ट न्याटल वार्ड का संपूर्ण कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र बिरामीहरूको स्वाब सङ्कलन गरी परीक्षण हुनेछ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार