विराटनगर महानगरपालिका ले अत्यावश्यक सेवा मात्र प्रदान गर्ने
विराटनगर, श्रावण ११विराटनगर क्षेत्र भित्र नोवेल कोरोना भाइरस सामुदायिक रूपमा फैलिन सक्ने वसम्भवाना भएका कारण, नगर कार्यपालिका को कार्यालय ले आज सूचना प्रकाशित गरी, अत्यावश्यक सेवा बाहेक का अन्य सेवा श्रावण १२ देखि अनिश्चित समय सम्मका लागि बन्द गर्ने जनाएको छ । विगत केही दिन मा विराटनगर मा कोरोना का संक्रमित बढेको अवस्था छ । त्यसकारण सामुदायिक रूपमा फैलिने जोखिम बढेको कारण महानगर कार्यपालिका को कार्यालय ले यस्तो सूचना जारी गरेको हो ।
स्वास्थ्य, वारुण यन्त्र, सर सफाई, एम्बुलेन्स र आदि गरिएका बाहेक अन्य सेवाहरु बन्द रहनेछन् । साथै, सेवा बन्द हुने कारणले नगरवासी मा पर्न जाने असुबिधाप्रती महानगरले क्षमा मागेको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :