लक डाउन सकिए पनि जोखिम कम भएको छैन



सरकारले लक डाउन समाप्त भएको घोषणा गरेपश्चात् मानिस हरुको भीड सडक बजार मा बढेको देखना पाइन्छ।अझ कतिपय ले त भोज भतेर र भेटघाटको कार्य समेत गर्न थालेको पाइन्छ । पूर्ण रुपमा कोरोना रोकथाम भइनसकेको यस अवस्थामा, लक डाउन समाप्त भएपछि कोरोना पनि समाप्त भएको कतिपय मानिस हरुको बुझाइ रहेको छ ।

तर, भोकमरी ले नमरुन भन्ने उद्देश्यका कारण सरकारले लक डाउन खुला गरिएको बताउँदै आएको छ। उच्च सावधानी अपनाउनुपर्ने स्थिति अझै नसकिएको यस अवस्थामा हामीले के गर्न हुने, के गर्न नहुने, कस्ता किसिमका खानेकुरा खाने, कस्ता किसिमका खानेकुरा नखाने, कस्ता ठाउँ मा जाने र कस्ता ठाउँ मा नजाने भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । 

कोरोना का संक्रमितको संख्या विश्वमा तथा नेपाल लगायत अन्य मुलुक मा काम हुँदै छ, र डिस्चार्ज भएर जाने को संख्या मा पनि वृद्धि हुँदै आएको छ। तर यसको अर्थ, अब हामीले पुरानै जीवनशैली अपनाउन थाल्ने भन्ने हैन । 

घर मा रहँदा, बाहिर काम गर्न जाँदा, साथीभाइसँग भेटघाट गर्दा, या अन्य समय मा हामी कसरी सुरक्षित रहन सक्छौँ त । यसका लागि निम्न कुराहरू मा ध्यान दिनुहोस् ।

कम्तिमा २० सेकेन्डको लागि साबुन र पानीले प्रायः आफ्ना हातहरू धुनुहोस्, विशेष गरी सार्वजनिक ठाउँमा रहँदा, वा आफ्नो नाक छोएपछि, खान्की वा छींक / हाच्छिउँ लाग्दा। यदि साबुन र पानी सजिलैसँग उपलब्ध छैन भने, कम्तिमा ७०% अल्कोहलका भएको ह्यान्ड सेनिटाइजर प्रयोग गर्नुहोस्।

हात ले आफ्ना आँखा, नाक, घाँटी र मुख मा पटक पटक नछुनुहिस, यदि त्यसो गर्नुभएको छ भने राम्रो सँग हात मुख धुनुहोस् ।

बिरामी व्यक्तिहरूसँग घनिष्ठ सम्पर्कबाट टाढा रहनुहोस्, र कम्तिमा ६ फिट अरूबाट टाढा राखेर सामाजिक दूरी अभ्यास गर्नुहोस् । 

जब अरूको वरिपरि वा जब तपाईं सार्वजनिक रूपमा बाहिर जानुपर्दछ, आफ्नो मुख र नाक छोप्न कपडा वा मास्क लगाउनुहोस्। कपडा, फेस मास्क, अन्य मानिसहरूलाई बचाउनको लागि हो यदि तपाईं संक्रमित हुनुहुन्छ भने। 

दुई वर्षमुनिका बच्चाहरूका लागि यस्ता किसिमका मास्क प्रयोग नगराउनुहोला, र यदि कसैलाई सास फेर्न अप्ठेरो हुने समस्या छ भने, कुनै साहयता बिना अनुहार कभर गर्न या मास्क प्रयोग गर्न नलगाउनुहोला ।

खोकी लाग्दा वा हाच्छिउँ गरेपछि नाक र मुखलाई टिशूले छोप्नुहोस् र प्रयोग पछि टिशूलाई फ्याँक्नुहोस्। यदि टिश्यू उपलब्ध छैन भने तपाईंको कुहिनोमा स्निज गर्नुहोस्, तपाईंको हातमा होइन।

दिनहुँ छुनुपर्ने सतहहरू सफा र कीटाणुरहित राख्नुहोस्। जस्तै टेबलहरू, लाइट स्विचहरू, ह्याण्डलहरू, डेस्कहरू, कम्प्युटरहरू, फोनहरू, कीबोर्डहरू, शौचालय, नल र थाल, बटुका, प्लेट सफा गर्नुहोस्। 

अफिस या कार्यालय मा अनिवार्य मास्क को प्रयोग गर्नुहोस् र कसैसँग हात मिलाउने अंकमाल गर्ने नगर्नुहोस् । आफ्ना सहकर्मी साथीहरुसँग कम्तीमा ५ मीटर को दूरी कायम गरेर बस्नुहोस्। ग्राहक सँग पनि भौतिक दूरी बढाउनुहोस् ।

सम्पादकीय: श्रावण ९, २०२०

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार