एस ई ई नतिजा सार्वजनिक नहुँदै कक्षा ११ मा भर्ना सुरु



विराटनगर लगायत देशका विभिन्न कलेजहरुले एस ई ई को नतिजा नआउँदै भर्ना अभियान थालेका छन् । प्री रजिष्ट्रेशन को नाम मा कलेजहरुले यस्तो कार्य गर्दै आएका छन्। भर्ना का लागि भने सरकार ले भाद्र १ बाट पाइने भनी यस अघि सूचना सार्वजनिक गरेको छ । 

कक्षा ११ को शैक्षिक सत्र असार बाटै सुरु हुने गरेको विगतको इतिहास छ तर यस वर्ष नोवेल कोरोना महामारी का कारण परीक्षा , पढाई र भर्ना सबै रोकिएकाले, व्यापारिक दृष्टिकोणले कलेजहरुले भर्ना अभियान सुरु गरेका छन् । 

गोप्य रूप मा मात्र नभई, विज्ञापन नै खुलाई, विभिन्न मिडिया मा भर्ना सम्बन्धी विज्ञापन दिइएको र प्रसारण भइरहेको छन् । यसरी एस ई ई को नतिजा सार्वजनिक नै नभई भर्ना लिएका कलेजहरुले कुन् आधार लाई ध्यान मा राखेर विद्यार्थी लिइरहेका छन् भन्ने कुरा स्पष्ट छैन।

तथापि, भर्ना हुन जाने विद्यार्थीको संख्या पनि उत्तिकै रहेको छ । सिट नपाइने र छात्रवृत्ति नपाइने डर मा विद्यार्थीहरू आफ्नो नतिजा नआउँदै कक्षा ११ मा भर्ना गरिरहेका छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार