विराट अस्पतालका ४ जना नर्समा कोरोना संक्रमण पोजिटिभ



विराटनगर, श्रावण १२
विराट अस्पतालका ४ जना स्वास्थ्यकर्मी मा कोरोना संक्रमण पुष्टी भएको छ । विराट अस्पताल कै संचालक एवम् चिकित्सक डा. ज्ञानेन्द्र मान सिँह मा कोरोना संक्रमण पुष्टी भए पश्चात, कन्ट्याक्ट ट्रेस गरेपश्चात् थप ४ जना स्वास्थ्य कर्मिमा कोरोना संक्रमण प्रमाणित भएको हो ।

लगभग २४५ जना कर्मचारी कार्यरत रहेको विराट अस्पतालमा कन्ट्याक्ट ट्रेस का आधारमा ५८ जना कर्मचारी हरुको श्वाब परीक्षण गरिएको मा, ४ जना नर्समा संक्रमण देखिएको हो । विराट अस्पताल का ४ जना संक्रमित महिला मध्ये, एक जना कोशी अस्पताल बस्ने र कोशी अस्पताल मा आंशिक रूपमा पोस्ट न्याटल वार्डमा काम गर्ने कर्मचारी रहेकि छिन् भने अन्य ३ जना विराटनगर वडा न ५ र १० बस्ने महिला रहेका छन्। 

यस सँगै, विराटनगर अस्पतालमा संक्रमित अझै बढ्न सक्ने अनुमान लगाउन सकिन्छ । साथै, अस्पताल कै कर्मचारी बाहेक, उक्त संक्रमित चिकित्सक को सम्पर्क मा आएका व्यक्तिहरू मा पनि संक्रमण परीक्षण हुनेछ । 

गत मंगलबार संक्रमण पुष्टि भएका विराट नर्सिङका संचालक / चिकित्सकको हाल काठमाण्डौ, शिक्षण अस्पताल को कोभिड-१९ केन्द्रमा उपचार भइरहेको छ । क्वारेन्टाइन बाहेक बाहिर पनि कोरोना संक्रमण देखिन थालेपछि, समुदायमा अझै फैलिन सक्ने भनी महानगरले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ र अत्यावश्यक बाहेकका अन्य सेवा सुविधा पनि बन्द गर्ने भनेर सूचित गरेको छ । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार