संक्रमित आफै रिपोर्ट लिन महानगरपालिका कार्यालय प्रवेश



विराटनगर, श्रावण १३, २०७७
कोरोना पुष्टी भएका एक व्यक्ति आफ्नो रिपोर्ट लिन महानगरपालिकाको कार्यालयमा प्रवेश गरेपछि, त्यहाँका कर्मचारीमा त्रास फैलिएको थियो । आज बिहान संक्रमण पुष्टी भएका उनी आफ्नो रिपोर्ट लिन मध्यान्ह महानगर पुगेका थिए।

रिपोर्ट लिन गएपश्चात कर्मचारीले नाम सोधी परीक्षण गरिएका हरुको सूची हेर्दा, उनको रिपोर्ट पोजिटिभ देखेर कार्यालय हाताभित्र कोलाहल तथा भागदौड मच्चिएको थियो । महानगरपालिका का जनस्वास्थ्य विभागका अनुस्रोता हेदर अलिका अनुसार, संक्रमण पुष्टी भएका निज व्यक्ति आएपश्चात उनलाई तुरुन्त कोशी अस्पतालको कोविड-१९ केन्द्र लागिएको थियो । श्रोतका अनुसार, निज संक्रमित व्यक्ति विराटनगर अस्पतालका संक्रमित चिकित्सक संचालक डा. ज्ञानेन्द्र बहादुर कार्की कै घर मा काम गर्ने कामदार हुन ।

यसरी संक्रमित आफै रिपोर्ट लिन आएपछि, महानगरले सूचना टाँस गरी, रिपोर्ट सिधै वडा कार्यालय वा प्रयोगशाला पठाइने र आफ्नो रिपोर्ट लिन अन्य व्यक्तिलाई ५ दिन पछि मात्र रिपोर्ट लिन आउन अनुरोध गरेको छ । 

साथै, यस घटना पछि महानगरको कार्यालय लाई निर्मलीकरण गरी श्वाव परीक्षण गरिएका व्यक्ति महानगरको कार्यालय प्रवेश नगर्न वा अन्यत्र नजान आग्रह गरको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार