आजदेखि विराटनगरको बजारमा कडाई



विराटनगर, श्रावण १५ गते, २०७७
कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट समितिको बुधबार बसेको बैठकमा , आज बिहिबार देखि विराटनगरको बजारमा कडाई गर्ने निर्णय गरेको छ , साथै विराटनगर बासीले मास्क अनिवार्य लगाउनुपर्ने निर्णय जारी गरेको छ । यदि नलगाएको खण्डमा, जरिवाना तिराउने निर्णय समेत समितिले गरेको छ । यसका साथै सिटी रिक्शा, अटो लगायत का सवारीसाधन मा एक लाइन मा एकजना मात्र राखी यात्रु बोक्न पाइने, सार्वजनिक सवारी साधनमा यात्रु वर्गले निश्चित दूरी कायम गर्नुपर्ने, नगरे जरिवाना तिर्नुपर्ने निर्णय समेत गरेको छ । त्यसैगरी, निजी नम्बरप्लेटका सवारी मा, दूरी कायम गरेर मात्र कुदाउन पाइने निर्णय समितिले गरेको छ । 

सरकारले लक डाउन हटाए पश्चात, बजार एरियामा भिडभाड बढेको, सामूहिक भेट हुने गरेको, पसल हरुमा भीड बढेको छ । लक डाउन समाप्त भएपछि, कतिपय जनतामाझ कोरोना नै समाप्त भएको बुझाइ छ । यसैकारणले गर्दा, जथाभावी रूपमा मास्क नलागाई हिड्ने, डुल्ने प्रवृत्ति बढ्दै गएको छ । 

लक डाउन ताका हामीले पालना गर्दै आएका व्यवहार हरु पुनः पहिलेकै अवस्थामा ल्याएका कारण, समुदायमा कोरोना संक्रमण बढ्न थालेको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएका कारण, पुनः लक डाउन गर्नुपर्ने बाध्यात्मक स्थिति आउन सक्ने निष्कर्ष निकालेको छ ।

समिति को छल्फल मा, पहिलो चरण मा कडाई गर्ने र त्यसपश्चात पनि संक्रमण बढेको खण्डमा मात्रै महानगर लाई लक डाउन गर्न सकिने कुरा गरिएको थियो। समितिको छलफलमा, मोरङ्ग जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु, उद्योग वाणिज्य संघ, रेडक्रस, जनस्वास्थ्य कार्यालय तथा स्थानीय निकायका प्रमुख पदाधिकारी र प्रतिनिधिहरु सहभागी हुनुभएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार