विश्वकै महंगो ड्रग्स कारोबारी विराटनगरबाट पक्राउ, प्रदेश १ कै पहिलो घटना



विराटनगर, श्रावण १४ गते, २०७७
एक ग्रामको ८० डलरसम्म पर्न जाने विश्वकै महंगो मध्येको ड्रग्स "मेथम्फोटामाइन्" सहित विराटनगरको बर्गाछि चोकबाट ४२ वर्षीय सुन्दरहरैचा ८ बस्ने रामप्रसाद पोखरेल लाई मंगलबार साँझ मोरङ्ग का प्रहरी उपरीक्षक सन्तोष खड्काको टोलीले पक्राउ गरेको थियो । उनको साथ बाट २०० ग्राम लागू औषध बरामद भएको थियो र थप अनुसन्धान पश्चात, पक्राउ परेका निज व्यक्तिको घरमा प्रहरीले छापा मार्दा, अरु ३०८ ग्राम लागू औषध फेला परेको थियो ।

विशेष सूचनाका आधारमा मोरङ्ग का प्रहरी उपरीक्षक सन्तोष खड्काले लागू औषध कारोबार गर्ने निज व्यक्तिलाई पक्राउ गर्न विराटनगरको लागू औषध ब्युरो र जी. प्र. का . मोरङका संयुक्त टोली परिचालन गरेको थिए । प्रहरीका अनुसार, पोखरेल आफै यस लागू औषधिको डिलर गर्ने व्यक्ति रहेका हुन । उनी लागू औषधि कसैलाई वितरण गर्न जाँदै गर्ने क्रम मा प्रहरीले पक्राउ गरेको थियो ।

२०६१ सालमा बैदेशिक रोजगारका लागि इराक गएर २०६७ साल मा फर्किएका पोखरेलले दुई वटा व्यवसायमा असफलता भोग्नुपरेपछि, लागू औषध कारोबारमा विगत ९ महिना अघिदेखि सक्रिय भएका हुन् । सुन को व्यवसाय गर्दा चाहेअनुसारको मुनाफा नभएपछि मोरङको बुढीगंगा मा फाइबर फर्नीचर र जस्तापाता बनाउने उद्योग सञ्चालन गरेका थिए। सोही उद्योगका कारण उनको सम्पर्क भारतीय व्यापारीहरु सँग बढ्दै गएको थियो । दुवै व्यापारमा घाटा बेहोर्नु परेपछि, उनी लागू औषध व्यापार मा लागेका थिए ।

बरामद गरिएको लागू औषध नेपालमा तेश्रो पटक र प्रदेश एक मै पहिलोपटक भएको घटना हो । यो ड्रग्स निकै नै हानिकारक र महंगो हुने प्रहरीले बताएको छ। सो लागू औषध को मूल्य, अति नै उच्च रहेको र प्रायः जसो एसिया, ओसनिया र संयुक्त राष्ट्र अमेरिकामा गैर कानूनी रूपमा कारोबार हुने गरेको छ । यो ड्रग्सको प्रयोग गर्ने व्यक्तिको स्नायु प्रणालीलाई असार गरी शरीरका विभिन्न महत्वपुर्ण अंग लाई नकारात्मक प्रभाव पार्ने जानकारी विभिन्न सञ्जाल मा समेत राखिएका छन् ।

यसको अत्यधिक प्रयोगले मनो विकृति निम्त्याउनु का साथै, दिमागमा रक्तश्राव गराउने र हड्डी समेत टुक्र्याउन सक्ने कुरा जानकारीमा उल्लेख छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार