विराटनगरलाई रेड जोन घोषित गरी, सिल गर्ने हो कि ?


विराटनगर, श्रावण १५ गते, २०७७
हालसम्म को तथ्यांक हेर्ने हो भने, प्रदेश १ मा १०१८ कोरोना संक्रमित र विराटनगरमा मात्र ८२ संक्रमित पुष्टी भइसकेका छन् । भारतको बिहार राज्यमा अत्यधिक कोरोना फैलिएका कारण प्रदेश एक का झापा, मोरङ्ग, सुनसरी र इलाम कोरोनक उच्च जोखिम मा छन् । त्यसमध्ये, सिमाना जोडिएका विराटनगर, काकडभिट्टा लगायत अरू सीमा जोडिएका सहरहरू कोरोना चरम जोखिम मा रहेका छन् । 

बिहीबार सम्ममा मात्र बिहारमा ४५,९१९ कोरोना संक्रमित पुगिसकेका छन् जसमध्ये ३०,५०४ डिस्चार्ज भएर फर्किसकेका र २७३ जनाको मृत्यु भइसकेको छ । भारत मा १५ लाख बढीलाई संक्रमण पुष्टी भइसकेको छ । 

विराटनगर भित्र स्वास्थ्य कर्मी, चिकित्सक लगायत सुरक्षाकर्मी हरुको संक्रमण संख्या बढ्दै गएको अवस्थामा, ट्राभल हिस्ट्री नै नभएका गरुम समेत कोरोना देखिन थालेको छ । चिकित्सक र स्वास्थ्यकर्मी हरुको अत्यधिक जनसम्पर्क का कारण कोरोना पोजिटिभ देखिएको हो, तर जनसम्पर्क बाट टाढै रहेका, संक्रमित व्यक्तिको सम्पर्क मा न आएका र यात्रा को ईतिहास नै नभएका व्यक्तिमा समेत कोरोना देखिएपछि, समुदायमा कोरोना फैलिएको यकीन भइसकेको छ । 

झापा, मोरङ्ग र सुनसरी जिल्ला मा क्रमश: ३४९, २९५, १३३ संक्रमित भइसकेका छन् । मोरङमा ३०० को हाराहारीमा संक्रमित भइसकेका र सुरक्षाका दृष्टिकोले विराटनगर जोखिमपूर्ण क्षेत्र भइसकेको कारण रेड जोन घोषित गरी सिल गर्नुपर्ने अवस्था देखिन्छ । वातावरणमा नै कोरोना पुगिसकेका कारण, संक्रमित को संख्या अझै नबढ्ला भन्न सकिन्न । समयमा नै यसको उपाय नगरे, विराटनगरमा भयावह स्थिति आउन सक्छ । 

सम्पादकीय

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार