कक्षा ११ र १२ को परीक्षा हुने



राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजको पहिलो साता बाट गर्ने भएको छ । साथै, बोर्डले कक्षा १२ को परीक्षा को नतिजा, परीक्षा भएको १ महिना भित्र नै निकाल्ने योजना अघि सारेको छ । यसका साथै, कक्षा ११ को परीक्षा कसरी गर्ने र गराउने भन्ने सम्बन्धमा पनि बोर्डले सूचना सार्वजनिक गरेको छ । 

बोर्ड का अनुसार, अघिल्लो वर्ष तय गरिएका २५० भन्दा बढी शिक्षण संस्थाहरु क्वारेन्टाइन र होल्डिङ का लागि प्रयोग भएका कारण, ती संस्थाहरुलाई निर्मलीकरण गरी, अरु थप परीक्षा केन्द्र निर्धारण गरेर परीक्षा सञ्चालन गरिनेछ । यसैगरी कक्षा ११ को हकमा, विद्यार्थीहरुको परीक्षा सम्बन्धित विद्यालयले नै लिने कार्ययोजना र कार्यविधि सार्वजनिक गरेको छ । 

यो भन्दा अगाडि, कक्षा ११ को परीक्षा समेत राष्ट्रिय परीक्षा बोर्डले नै लिने गरेको थियो। तर कोरोना महामारीका कारण, सामाजिक दूरी कायम गरेर, कक्षा ११ र १२ दुवैको परीक्षा लिन सम्भव नभएको समयमा, विद्यालय का प्रधानाध्यापक सँगको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरी परीक्षा लिइने भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार