एस ई ई ( SEE ) रिजल्ट नजिकिँदै



राष्ट्रिय परीक्षा बोर्ड का परिक्षा नियन्त्रक कृष्ण प्रसाद शर्मा ज्यू ले दिनुभएको जानकारीका अनुसार, एस ई ई परीक्षा को नतिजा यही श्रावण १५ देखि श्रावण २० भित्र मा प्रकाशित गर्ने तयारी भइरहेको छ । विगत का समय मा एस ई ई परिक्षा बोर्डले नै लिने गरेको मा यस वर्ष कोरोना महामारी का कारण, परीक्षा लिन सकिएको थिएन र विद्यार्थी हरुको मूल्यांकन विद्यालय हरुको आन्तरिक मूल्यांकन का आधार मा गरिने भनिएको छ ।

विद्यार्थी हरुले पाउनुपर्ने अंक भार र ग्रेड यस वर्ष विद्यालय हरुले नै पठाइसकेका छन् । यसै मूल्यांकन का आधार मा यस वर्ष को इस ई ई नतिजा सार्वजनिक हुन लागेको छ । नतिजा भने, परीक्षा बोर्ड कै वेबसाइट मार्फत प्रकाशित गरिने भनिएको छ । 

नतिजा प्रकाशित भइसकेपछि, आफूले प्राप्त गरेको ग्रेड हेर्न का लागि, विद्यार्थीहरुले विभिन्न तरिका अपनाउन सक्नेछन् । विद्यार्थीहरुले बोर्ड को वेबसाइट मै गएर, या see.ntc.net.np मा गएर पनि हेर्न सक्नेछन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार