विश्वमा अहिलेसम्म ५ जी इन्टर्नेट समेत राम्रो सँग विस्तार भएको छैन तर सामसुंग लाइ अर्को जेनेरेसन को संचार, सिक्स जी बनाउन यसले रोक्न सकेन । बुधबार जारि गरेको साम्सुङ्गको एक रिपोर्ट अनुसार, अबको १० वर्षको कम्पनि को योजना भनेको ६ जी इन्टर्नेट सुविधा प्रसारित गर्नु हो ।
सन् २०१९ को मे महिनामा साम्सुंग ले एडभान्स्ड कम्युनिकेसन रिसर्च सेन्टरको स्थापना गरेर ६ जी इन्टरनेट मा कार्य सुचारु गरेको थियो। साम्सुंग का अनुसार, सन् २०३० को अन्त्य सम्म मा विश्वका ५०० बिलियन मोबाइलहरुमा ६ जी इन्टर्नेट जोडिएको हुनेछ । रिपोर्ट का अनुसार ६ जी युगमा नयाँ उन्नत सेवाहरू हुनेछन्, जसका लागि अत्याधिक मात्राको वास्तविक समय डाटा प्रोसेसिंग, एक हाइपर-फास्ट डाटा दर, र अत्यन्त कम विलम्बता आवश्यक पर्दछ।
५ जी को अधिकतम् स्पिड भनेको प्रति सेकेण्ड २० जीबी रहेको छ भने ६ जी को रफ्तार भने यसको ५० गुणा रहने अनुमान गरिएको छ जुन एक हजार गिगा बाइट ( लगभग एक टेरबाइट ) हुनेछ । साम्सुंगले अन्य कस्ता किसिमका अनुसन्धान गर्दैछ भन्ने कुरा ठ्याक्कै बताउन सकिने अवस्था त छैन तर तिनीहरूमा ड्रोन, होलोग्राम, अन्तर्क्रियात्मक रोबोटहरू, टच स्क्रिनहरू, र पातलो मेशीन जस्तो हतियारहरूको साथ केही प्रकारको मोबाइल उपकरण बनाउँदै गरेको अनुमान लगाउन सकिन्छ ।
६ जी इन्टरनेटको आवस्यकता इमर्सिभ एक्स आर, मोबाइल होलोग्राम , हाइ फ़ेडालिटि मोबाइल होलोग्राम, एक्स्टेण्डेड रियालिटी तथा डिजिटल रेप्लिका जस्ता मल्टिमिडिया डिभाइसका लागि हुन्छ ।
एजेन्सी ।
यस्तो सुविधा नेपालमा कहिले आउने आउने, टुंगो छैन ।
ReplyDeleteराम्रो खबर । अब नेपालमा ५जी आए हुन्थ्यो ।
ReplyDeletePost a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :