' स्मृति ' - सुर्यराज पुरी


स्मृति

घरी दायाँ घरी बायाँ मोडिदै 
बाटोमा अघि बढिरहेकी उ 
उसैलाई एकटक हेरीरहेकी म 
उ क्षितिज जस्तै टाढा अदृश्य बन्दै गएपछी 

उ मेरो मानसपटलमा आइराख्ने 
एउटा स्मृति बनेकी छे । 

उसले जिते जस्तो अनि मैले हारे जस्तो 
उ टाढा हुदाँ मैले केही गुमाए जस्तो 
यो अनुभुति दिलाएर छुट्एकि उ 
नजिक रहेरै टाढा बन्दै गएपछि 

उ मेरो मानसपटलमा आइराख्ने 
एउटा स्मृति बनेकी छे ।। 

मस्किएर उसले अनौठा अनौठा शर्त राख्दा 
तरंगित हुदै बेला-बेला झस्किने म 
त्यो संवाद¸त्यो वार्तालाप हेरेर पुकलित हुँदै 
अहिले पनि बिगत दोर्याउ दोर्याउ लाग्छ 

तर उ अब 
मात्र मेरो मानसपटलमा आइरख्ने 
एउटा स्मृति बनेकी छे ।।। 

असमानता लाई समानताले जितेपछि 
मनको क्यानभासबाट पर उछिट्एकि उ 
आज थुप्रै याद दिलाउने बिन्दु बनेकी छे 
दुरी राखेर उसैलाइ सम्झिदै गर्दा 

उ अब 
मात्र मेरो मानसपटलमा आइराख्ने 
एउटा स्मृति बनेकी छे ।।।। 

- सुर्यराज पुरी, विराटनगर - ४

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार