परीक्षाले महामारी निम्त्याउन सक्छ


Exams

श्रावण १७, २०७७ मा प्रकाशित
करिब सात लाख विद्यार्थीहरू विश्व विद्यालयको परीक्षाको मिति र रुटिन कुरेर बसेका छन् भने लगभग ५ लाख ३८ हजार विद्यार्थी कक्षा १२ को परीक्षा को पर्खाइमा छन् । यसका साथै प्राविधिक धारको परीक्षा कुरेर बसेका विद्यार्थीहरू पनि लाखौँ छन् । यस्तो अवस्थामा, प्रायः विश्व विद्यालयहरुले भाद्र को दोश्रो सातादेखि परीक्षा सञ्चालन गर्ने कुरा अगाडि सारेका छन् भने, कक्षा १२ र प्राविधिक धारको परीक्षा असोज को पहिलो साता देखि सञ्चालन हुने कुराको तयारी भइरहेको छ ।

लक डाउन र कोरोना महामारीका कारण स्थगित ती परीक्षा हरु दशैँ अगाडि गराइसक्ने तयारी छ। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगायत अन्य विश्वविद्यालय हरुले रोकिएका परिक्षा भदौ ८ बाट लिने तयारी गरिरहेका छन् । पहिलो चरणमा चिकित्सा शास्त्र देखि सुरु गरी, इन्जिियरिङ्ग, व्यवस्थापन, मानविकी, लगायतका परीक्षा हरु गर्ने, र त्यसपछि प्राविधिक र १२ का स्थगित परीक्षा सुरु गर्ने भनिएको छ । 

विशेष संयन्त्र, स्वास्थ्य मन्त्रालयको सुझाव र नेपाल सरकारको निर्देशन अपनाएर परीक्षा गर्ने भनिएपनि, यसले दुर्घटना निम्त्याउन सक्ने चेतावनी स्वास्थ्य मन्त्रालय ले दिएको छ । यसका साथै, परीक्षाको कारणले गर्दा महामारी अझ बढ्न सक्ने चिन्ता चिकित्सकहरूको छ । भिडभाडले गर्दा, विद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने कारणले गर्दा, परीक्षा सञ्चालन गर्न हतार नगर्न चिकित्सक हरुको सुझाव छ । 

परीक्षार्थीहरु माझ पनि परीक्षाले आफ्नो स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने , कोरोना को जोखिम हुन सक्ने त्रास यथावत नै छ। परीक्षा नगराइकन अन्य विधि बाटै विद्यार्थीको मूल्यांकन गर्नुपर्छ र नतिजा सार्वजनिक गर्नुपर्छ भन्ने विज्ञहरु सुझाउछन् । परीक्षार्थीहरु माझ परीक्षा को तयारी र कोरोना लाग्न सक्ने दोहोरो तनावको स्थिति भएको यस अवस्थामा, स्थिति सहज भए मात्र परीक्षा लिए, अथवा अन्य कुनै मूल्यांकन विधिबाट नतिजा प्रकाशन गरिदिए हुने भन्ने माग विद्यार्थीहरू को रहँदै आएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार