SEE ( एस ई ई) नतिजा सार्वजनिक , यसरी हेर्नुहोस् ।


शिक्षा, भाद्र १ , सोमबार 
अन्ततः यो बर्षको एस.इ.इ को नतिजा प्रकशित भएको छ। २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) यस अघि चैत्रमा गरिने निर्णय भएको थियो, तर कोविड १९ महामारीको कारण एक दिन अगाडि रद्द गरिएको थियो।

त्यसकारण कोरोना महामारी का कारणले रद्द गरिएको एस.इ.इ परिक्षा नलिइकन बोर्डले आन्तरिक मूल्याकंन का आधार नतिजा प्रकासित गरेको हो।

जाम्मा ४  लाख ८२ हजार ९ सय ८६  विध्यार्थीहरुले  एस.इ.इ को फारम भरेकोमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा आन्तरिक मूल्याकंन गरिएको हो । बोर्डले नतिजा सम्वन्धि सम्पूर्ण काम हरु साउन १९ गते नै सकिसकेको थियो। तर तेतिबेला नतिजा प्रकाशन गर्दा सेवाग्राहीको आवतजावत बढ्ने भएकोले नतिजा केहि दिनका लागि प्रकाशन गरिएको थिएन। तर नतिजा प्रकाशन को लागि उपयुक्त समय कुर्दा कुर्दै ढिला हुने निश्चित भएसी बोर्ड नतिजा प्रकाशन गर्न बाध्य भएको हो। 

तल दिइएका वेबसाईटहरु बाट SEE २०७६ को नतिजा हेर्न सकिनेछ:-
  • Edusanjal - see.edusanjal.com
  • National Examination Board - neb.gov.np
  • Nepal Telecom - see.ntc.net.np
  • Office of Controller of Examination - see.gov.np
  • Kantipur - results.ekantipur.com

SEE परिणाम २०७६ एसएमएस / आइ.वि.आर मार्फत पनि हेर्न सकिने छ । यसका लागि आफ्नो मोबाइल फोन मार्फत SEE (स्पेस) SYMBOL NUMBER टाइप गरेर तलका मध्ये एक नम्बरमा एसएमएस पठाउनु पर्दछ ।

• नेपाल टेलिकम - १६०० (दुबै SMS र IVR को लागि)
• एनसेल - १६०० (एसएमएस सेवा को लागी मात्र)

यदि आफ्नो सिम्बोल नम्बर थाहा नभएको खण्डमा, विद्यार्थीहरुले आफ्नो विद्यालयमा सम्पर्क गरेर लिनु पर्नेछ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार