शिक्षा, श्रावण २०, मङ्गलबार
माध्यमिक शिक्षा परीक्षाको परिणाम छिट्टै प्रकाशित हुनेछ। राष्ट्रिय परीक्षा बोर्ड ले SEE नतिजा २०७६ को प्रकाशनका लागि वेबसाइट, एसएमएस र IVR सेवा प्रदायकहरूबाट आवेदनहरू बोलाइसकेको छ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एस ई ई) को परिणाम प्रकाशित गर्नका लागि, संपूर्ण कार्य पूरा गरिसकेको छ । एस ई ई बोर्ड बैठक बसेपछि, परीक्षा को नतिजा प्रकाशन गर्ने जानकारी प्राप्त भएको छ ।
बैठक बस्ने टुंगो अहिलेसम्म लागेको छैन, तयारी भने पूरा भइसकेको छ । आज गाइजात्रा भएका कारण, बैठक बस्ने सम्भावना न्यून रहेको छ । सम्भवतः भोलि बुधबार बैठक बस्न सक्ने अनुमान लगाउन सकिन्छ ।
अघिल्ला वर्षहरुमा एस ई ई नतिजा, परीक्षा लिएर मात्र प्रकाशित गर्ने गरिन्थ्यो भने, यस वर्ष विद्यालयको आन्तरिक मूल्यांकन का आधारमा नतिजा प्रकाशित हुनेछ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :