लकडाउनमा सडक खण्ड मात्र कडाइ, अन्य स्थानहरुको भिड यथावत



विराटनगर , श्रावण १७ , २०७७ 

विराटनगर महानगरले २०७६/०४/१६ गते राती बाह्र बजेदेखि कडाइ गर्ने भनी सुरु गरिएको लक डाउनमा मुख्य सडक खण्डमा हिड्ने यात्रुको सोधखोज गरेर सुरक्षाकर्मीहरुले लकडाउनको पाठ पढाउने गरेको पाइयो तर विभिन्न स्थनका भीडहरुको नियन्त्रणलाई भने बेवास्ता गरिएको देखिन्छ ।

आज बिहान (०७७/०४/१७ गते) बिहान ६:३० बजे नोवेल हस्पिटल अगाडिको गेट देखि नहरको डिलसम्म मानिसहरुको भिड हेर्दा, वास्तवमै हस्पिटल अगाडि कोरोना लाग्दैन जस्तो देखिन्छ। यस्ता भिडभाड हुने स्थानलाई विशेष ध्यान दिएर लकडाउनलाई अगाडि बढाउनु पर्नेमा महानगरले बेवास्ता गरेको पाइन्छ। बाटोमा एक्लै हिड्ने व्यक्ति आफैँले सुरक्षा अपनाएर हिडेको हुन्छ । एउटा सवारीसाधनमा हुने समाजिक दुरीलाई सडक खण्डमा चेकजाँच गर्ने कार्यलाई प्राथमिकता दिएको पाइयो, तर मानिसहरुका भिडभाड हुने स्थान, मठ मन्दिर , होटल, चिया पसल, चौतारा, बैंक, सरकारी कार्यलय र हस्पिटल आदि  स्थानहरु नै सङ्क्रमणका पूर्ण जोखिम स्थलहरु हुन, तर यस विषयलाई महानगरले ध्यान नदिएको पो हो कि?

 
सडकमा एक्लै हिड्ने व्यक्तिलाई सोधखोज गर्न खटाइएका सुरक्षाकर्मीलाई भिडभाड हुने स्थानहरुमा सामजिक दुरी कायम गर्न खटाए सङ्क्रमण अवश्य रोकथाम हुन सक्छ । त्यसैले सडक खण्डलाई सुनसान बनाएर लकडाउन कडा बनाइयो भन्नु भन्दा पनि भिडभाडका स्थानलाई नियन्त्रण गर्ने र विशेष ध्यान पुर्‍याएर मानिसलाई सामाजिक दुरी कायम गराउन सक्नु नै लकडाउनको अर्थ हुन्छ, अन्यथा सडकमा गरिएको चेकजाँचले भिडबाट सर्ने कोरोना नियन्त्रण हुन नसक्ने भएकाले महानगरले भिडभाडका स्थानलाई विशेष ध्यान पुर्याएर अगाडि बढ्दा जोखिम नियन्त्रण हुनसक्ने देखिन्छ।

राष्ट्रिय टाइम्सका लागि, बिराटनगर संवाददाता मनिष पोखरेल ले तयार पार्नुभएको खबर

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार