रुसले आफ्ना नागरिकहरुलाई यही अक्टोबरबाट कोरोना खाेप वितरण गर्ने


vaccine-corona

एजेन्सी, आईतबार, श्रावण १८, २०७७
अहिले, विश्वभरि धेरै देशहरूमा कोरोना भाइरस को खोप बनाउने काम तिव्र गतिमा चलिरहेको छ र २० वटा खोपहरूको क्लिनिकल परीक्षण पनि सुरु भएको छ। रूस, चीन र अमेरिका लगायत अन्य देशहरुले खाेप बनाउने काम गरिरहेका बेला, चीन र रूस का वैज्ञानिकहरूले खोप परीक्षण सकिएको र यसलाई वितरण गर्ने अन्तिम तयारीमा लागेको कुरा बताइरहेका छन् ।

बीबीसी हिन्दी मा राखिएको एक समाचार ले बताएको छ कि स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोका अनुसार, अक्टोबर महिनामा नागरिकहरूलाई कोरोना खोप दिने योजना बनाइएको छ र यसका लागि विस्तृत खोप अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ।

रूसी मिडियाका अनुसार, मिखाइल मुराश्कोले भनेका छन् कि डाक्टर र शिक्षकहरुलाई सबैभन्दा पहिला कोरोना खोप दिइनेछ। समाचार एजेन्सी रॉयटर्सले अज्ञात श्रोत उद्धृत गर्दै भनेको छ कि रूसबाट सम्भवतः कोरोना खोपले यसै महिना नियामक स्वीकृति पाउने छ। यद्यपि धेरै विज्ञहरू रूसले कोरोना खोप छिटो बनाउने प्रयास गरेकोमा चिन्ता व्यक्त गर्छन्।

शुक्रवार, अमेरिकी संक्रामक रोग विशेषज्ञ एन्थोनी फौचीले भनेका छन् कि उनलाई आशा छ कि मानिसहरूलाई कोरोना खाेप दिनु अघि रसिया र चीनले वास्तवमै सबै परीक्षण गरिरहेका छन् । डा.फौचीका अनुसार यस वर्षको अन्तमा अमेरिकामा "सुरक्षित र प्रभावकारी" कोरोना खोप दिइनेछ। उनले भने, "मलाई विश्वास लागिरहेको छैन कि कोरोना खोपको मामलामा हामीले आधुनिक खोपको लागि अर्को देशमा निर्भर हुनु पर्छ।"


एजेन्सीका अनुसार रूसी स्वास्थ्यमन्त्रीले भनेका छन् कि मस्कोको गमालय इन्स्टिच्यूटले कोरोना खोपको क्लिनिकल परीक्षण पूरा गरिसकेको छ र अहिले यो दर्ता गर्न कागजी प्रक्रियामा छ । रूसी वैज्ञानिकहरूले गत महिना भनेका थिए कि गमालय इन्स्टिच्यूटले एड्रेनोभाइरस-आधारित कोरोना खोपको प्रारम्भिक परीक्षण पूरा गरिसक्यो र परिणाम सकारात्मक भएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार