मृत्युपछि कोरोना पुष्टी, तीन हजार मलामी आइसोलेसनमा, मलामी खोज्दै स्थानिय सरकार ।


श्रावण २८, बुधबार


नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत का स्वर्गिय पिता खड्ग बहादुर बस्नेतलाई उनको मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएका कारण सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा ठूलै सन्त्रास फैलिएको छ । 

उनको मृत्यु भएको छ दिन पश्चात आज कोरोना संक्रमण पुष्टि भएको छ । उनको श्रावण २२ गते नै ८४ वर्षको उमेरमा निधन भएको थियो, तर उनको कोरोना परीक्षणको रिपोर्ट भने ढिलो आएका कारण बाह्रबिसेमा तनावको स्थिति सिर्जना भएको हो । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा उनको निधन भएको थियो। मृत्यु पश्चात उनको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो । कोरोना संक्रमण पुष्टी भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा दिइएको थियो । 

श्वाब परीक्षणको नतिजा नआइकन शव लैजान नमिल्ने जानकारी अस्पताल प्रशासनले दिएपनि दबाबका सिर्जना गरी शव लगिएको अस्पताल प्रशासन को भनाई छ । उनको शवलाई नगर परिक्रमा गराई सुनकोशी किनारमा २३ गते अन्त्येष्टि गरिएको थियो जसमा ३ हजार बढी मलामी सहभागी भएका थिए । 

मृतक बस्नेतको श्वाब परीक्षणमा कोरोना पोजिटिभ आएपछि, मलामी जाने सम्पूर्णलाई आइसोलेशनामा बस्न निर्देशन दिइएको बाह्रबिसे नगरपालिकाले जनाएको छ । नगरपालिका का वडा नं २, ३, ४ र नौ का सबै क्षेत्रलाई सिल गरिएको जानकारी प्राप्त भएको छ । यो सँगै, स्थानिय प्रशासन लाई मलामी खोजी पहिचान गरी श्वाब सङ्कलन गर्न र परीक्षण गर्न हम्मे हम्मे परेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार