विराटनगरको भन्सार कार्यालयका ४ जना कर्मचारी संक्रमित |


biratnagar-custom-office
प्रकाशित‌: भदौ २ , मङ्गलबार 
विराटनगरको भन्सार कार्यालयमा कार्यरत चार जना कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ जना कर्मचारीहरुलाई सोमबार राति कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कार्यालयका कम्प्यूटर अधिकृत र तथ्यांक अधिकृत गरी २ जना अधिकृत र दुईजना नासु स्तरका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपश्चात उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । 

संक्रमितहरूको सम्पर्कमा आएका हरुकाे मंगलबार श्वाव संकलन गरिने जानकारी विराट भन्सार कार्यालय का प्रमुख शिवप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार २० जना कर्मचारीहरूको पी सि आर परीक्षण गर्दा चार जनामा पोजेटिभ देखिएपछि कार्यालयमा थप सतर्कता अपनाइएको छ ।

अहिले कार्यालयमा समितिका कर्मचारीहरु राखेर सेवा प्रवाह गरिरहेको जानकारी उहाँले दिनुभएको छ । भन्सारको काम रोक्न नमिल्ने भएका कारण समितिका सिमित कर्मचारीहरु राखेर सेवा प्रवाह गरिरहेको उहाँको भनाइ छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार