माग पूरा नभए काममा नजाने: निजी अस्पताल, चिकित्सक |


प्रकाशित: भदौ ९,  मंगलवार, वीरगञ्ज
५ बुँदे माग पूरा नभएको भन्दै वीरगञ्जका विभिन्न निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत एमबीबीएस डाक्टरले काममा नजाने निर्णय गरेका छन् । ७ दिने अल्टिमेटमसहित ध्यानाकर्षण गराए पनि उनीहरु आवद्ध निजी अस्पताल, चिकित्सक संघ, जिल्ला प्रशासनलगायत सरोकारवाला निकाय कतैबाट मागको सुनुवाइ नभएकोले मंगलबारबाट काममा नजाने निर्णय गरेको मेडिकल अफिसर एसोसिएसन अफ वीरगञ्जका सदस्य डा. अनुप उपाध्यायले बताए ।

यसअघि न्युनतम तलब ६५ हजार कायम गर्नुपर्ने, २५ लाख बराबरको स्वास्थ्य तथा जीवन बिमा गरिदिनुपर्ने, काम गरिसकेपछि क्वारेन्टिन बस्नका लागि अस्पतालले नै व्यवस्था गरिदिनुपर्ने, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराउनुपर्नेलगायतका माग उनीहरुले राखेका थिए। कोरोना भाइरसको महामारीको समयमा अग्रपंक्तिमा रहेर कार्यरत डाक्टरहरुको मागप्रति सरोकारवाला उदासिन बनेकोले सामूहिक राजीनामा दिनुपर्ने बाध्यात्मक अवस्था बनेका एसोसिएसन अफ वीरगञ्जका महासचिव डा. राम एकवाल राय चौधरीले बताए ।

एउटा पीपीई दिन्छन् ,त्यसैलाई धोएर प्रयोग गर्नुपर्ने बाध्यता छ । विगतमा पनि कम पारिश्रमिकमा काम गर्दै आएको र विषम परिस्थितिमा जोखिम मोलेर काम गर्दा पनि सम्बन्धित निकायले योगदानको मूल्यांकन नगरेको गुनासो उनीहरुको छ त्यसैले काममा नजाने निर्णय गरेको उनले बताए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार