नोवेल अस्पतालका संक्रमित चिकित्सकलाई काठमाण्डु लगियो ।


Nobel hospital
विराटनगर, श्रावण २७, मङ्गलबार

बिराटनगर नोवेल मेडिकल कलेज एंड टिचिङ अस्पतालको आइसोलेसन मा रहेका दुई जना चिकित्सकहरुलाई काठमाडौँ लगिएको छ । उनीहरुबाट शुक्रबारदेखि नै आइसोलेसन मा रहँदै आएका थिए । गत शनिबार उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


दुई मध्ये एकजना चिकित्सकमा स्वास्थ्य अवस्था बिग्रदै गएको देखिएपछि उनीहरुलाई एम्बुलेन्समा राखी अक्सिजनको साथ काठमाडौँ लगिएको छ । समान उमेर ३२ वर्ष रहेका उनीहरु दुवैजना एम डी पढ्दै गरेका र नोबेल अस्पतालमा काम गर्दै गरेका डाक्टर थिए । 


स्वास्थ्य मा थप समस्या न आओस् भन्नका निमित्त, एकजनाको स्वास्थ्य विग्रिएपनी, उनीहरू दुवैलाई थप उपचारका लागि काठमाण्डौ लगिएको हो । उनीहरु दुवैजना नोवेल अस्पतालको रेसिडेन्स मा रहँदै आएका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार