राहत बाड्न जाँदा, धानबालीमा हेलिकप्टर ल्यान्ड ।


प्रकाशित : भाद्र ७, आईतबार, अछाम ।

गत मंगलवार अछामको कैलाश खोलामा आएको बाढीले राम रोशन गाउँपालिकाका एक स्थानीय व्यक्ति को १५ रोपनी जग्गामा लगाइएको बाली नष्ट भएको छ । बाढीले नष्ट पारेपनि उनको केही क्षेत्रफल जग्गामा धानबाली जोगिएको थियो तर गृहमन्त्री रामबहादुर थापा 'बादल' को टोली राहत वितरण गर्न र निरीक्षण गर्न भनिने उक्त स्थानमा पुगेर सोही जोगिएको धानबाली भएको क्षेत्रमा आफू सवार हेलिकप्टर ल्यान्ड गराउँदा बचेको बालीको केही भाग नष्ट भएको छ । 

उक्त स्थानमा टेबुल कुर्सी समेत राखी कार्यक्रम समेत गरियो । टोलीमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा सांसद भीम रावल, शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेल लगायत सहभागी थिए ।

टोलीले २५ कट्टा चामल, १० कट्टा दाल, नुन, तेल लगायतका राहत उपलब्ध गराएपनी उक्त राहत टोलीले आफ्नो धानबाली नष्ट पारेको त्यहाँका स्थानियहरुले रुचाएका छैनन् । मंगलबार आएको बाढीमा परेकाहरुमध्ये ११ जना अझै वेपत्ता छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार