बाँदरलाई गोली हान्दा बालकको मृत्यु ।



प्रकाशित: भदौ १२, आइतबार, खोटाङ । 
बाँदरलाई गोली हान्दा खोटाङको ऐंसेलुखर्क गाउँपालिका-४ जलेश्वरी थापागाउँका १२ वर्षीय बालक शैलेन्द्र तामाङको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ। खोटाङको ऐंसेलुखर्क गाउँपालिकामा बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु भएको हो।

खोटाङका प्रहरी नायब उपरीक्षक नारायण चिमरियाका अनुसार बाँदरलाई गोली हान्ने २४ वर्षीय मानकाजी तामाङलाई प्रहरीले पक्राउ शनिबार बिहान गरेको हो भने घटना शुक्रबार रातिको हो।

बाँदर धपाउने क्रममा उनले बन्दुक पड्काउँदा बालकको अनुहार तथा टाउकोमा छर्रा लागेको थियो। बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तामाङलाई हिरासतमा लिएर अनुसन्धान थालिएको चिमरियाले बताए।

बालक मानकाजीका जेठानका छोरा हुन्। बुवा-आमा नै विदेशमा रोजगारीका लागि गएका कारण बालक आफन्तकोमा बसिरहेका थिए।

घरदेखि एक किलोमिटर उत्तरमा रहेको सुठुनीबारीमा बाँदर धपाउन साँझ बालकलाई लिएर मानकाजी गएका थिए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार