धनगढी उपमहानगरपालिका: मादक पदार्थ सेवन गरी होहल्ला गरेपछि वडाध्यक्ष पक्राउ |



प्रकाशित: भदौ १०, बुधबार, धनगढी। 
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष बलवहादुर ऐरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई कैलालीको त्रिनगर नाकाबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक दानवहादुर रोकायाका अनुसार मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि अध्यक्ष ऐरलाई पक्राउ गरिएको हो।

वडा अध्यक्ष ऐरले धनगढीमा ससुराली भएका भारतीय नागरिकलाई त्रिनगर नाका भएर प्रवेश अनुमती दिएका थिए। उनी आफै जिम्मा समेत बसेका थिए। तर स्थानीय प्रशासनले भारतीय नागरिकलाई ल्याउन नपाईने भन्दै फिर्ता पठाएपछि नाकामा विवाद भएको थियो। सोही विवादका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार