फेसबुक, अवैध सम्बन्ध, ब्ल्याकमेल, देखि निर्मम हत्यासम्म ।


काठमाण्डौ, श्रावण २८, बुधबार
 गोंगबुँ चोकको उत्तरमा रहेको नवज्योति मार्गमा आईतबार सुटकेसमा भेटिएको, टाउको र खुट्टा बिनाको शव बारे थप जानकारी प्रहरीले बाहिर ल्याएको छ । शव भेटिएपछि, प्रहरीले थप अनुसन्धान गरी मृतक को टाउको र खुट्टा २०० मीटर पर्तिर जेब्रा झोलामा राखिएको अवस्थामा फेला पारेको थियो ।

आईतबार दिनभरिको अनुसन्धान पश्चात शवका सबै भाग फेला परेको थियो । उक्त अनुसन्धानमा प्रहरीले, तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो । हत्यामा संलग्न मुडभरी लाई पनि प्रहरीले चितवनबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको जानकारी रहेको छ ।

शवको सनाखत मृतक का मामाले गरेका थिए। सामाजिक सञ्जालमा तस्विर राखेपछि मात्र मृतकको सनाखत भएको थियो । मृतक वैदेशिक रोजगारबाट फर्किएका कृष्ण बहादुर बोहरा रहेछन् । विदेश बाट फर्किएर उनी विगत ८ महिनादेखि काठमाडौंकै एउटा होटलमा रहँदै आएका थिए । उनको सम्पर्क काठमाडौंकै गोंगबुमा रहँदै आएकी कल्पना (मुडभरी) पौडेल सँग ३,४ वर्ष अघि फेसबुक मार्फत भएको र सम्पर्क बढ्दै गए पश्चात नजिकको सम्बन्ध रहँदै आएको थियो । 

तर केही दिन यता बोहोराले उनलाई ब्ल्याकमेल गर्दै आएपछि, हत्याको योजना बनेको अभियुक्तको भनाई छ । बोहोराले उनको नक्कली फेसबुक आई डी बनाएर गोप्य तस्बिरहरू सार्वजनिक गरिदिने धम्की दिएपछि, उनले यस्तो कदम चालेको बयान दिएकी हुन् । 

घटनाको रात उनले बोहोरालाई आफ्नो कोठामा बोलाएर, दहीमा ५ वटा स्लिपिङ ट्याब्लेट मिसाएर बोहोरालाई लठ्याए पछि, हथौडाले अण्डकोषमा प्रहार गरी, घाँटीमा सल ले थिचेर मारेको बयान प्रहरीलाई दिएकी हुन् । त्यसबखत उनका छोरा र छोरी अर्को कोठामा रहेको उनको भनाइ छ । बोहोराको मृत्युपश्चात, शव व्यवस्थापन गर्न, कोठामै रहेको दाउ प्रयोग गरी, शरीरलाई टुक्र्याएर सुटकेस र जेब्रा झोलामा हाली, नाम्लो प्रयोग गरी फ्याँकेकी थिईन् । 

यस घटनाको प्रमुख योजनाकार मुडभरी नै रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ, र उनकी १५ वर्षीय छोरी र अन्य व्यक्तिको संलग्नता बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी छ । अभियुक्तलाई अहिले महानगरीय प्रहरी हिरासत टेकुमा राखिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार