डोटीको पूर्वीचौकी गाउँपालिका १ फुलौट मा भएको बस दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । बस सडकबाट ३० मिटर तल खसेको थियो ।
कैलालीबाट अछाम का लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको जानकारी जिल्ला प्रहरी कार्यालय डोटीले दिएको छ । दुर्घटनामा परि मृत्यु हुने व्यक्तिहरूको सनाखत भइसकेको छैन । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरिरहेको छ ।
घाइतेहरूको उपचारकालागि उनीहरुलाई जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको छ । जिल्ला ट्राफिक प्रहरीको कार्यालय नेपालले दिएको जानकारीअनुसार भारी वर्षाका कारण सडक चिप्लो भएकाले बस दुर्घटना भएको हुन सक्छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :