ट्याङ्कर विस्फोट भएपनि यसकारण भएन ठुलो क्षति ।



प्रकाशित: भाद्र १३, शनिवार, विराटनगर ।
विराटनगरमा नेपाल आयल निगमको इन्धन बोक्ने ट्याङ्कर विस्फोट भएको छ । बुधबार बेलुका निगमको इन्धन ढुवानी गर्ने ना ४ ख ७१६६ नम्बर प्लेटको ट्याङ्कर विस्फोट भएको थियो । उक्त विस्फोटनका कारण नजिकै रहेका घरहरुमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, मोरङले जानकारी दिएको छ । 

उक्त ट्याङ्कर नेपाल आयल निगमको प्रदेश-१ कार्यालयबाट नजिकै रहेको रामअवतार मोटर्स ग्यारेजमा राखिएको अवस्थामा विस्फोट भएको थियो । ट्यांकर खाली भएका कारण कुनै ठूलो क्षति तथा दुर्घटना हुन नपाएको प्रहरीले जानकारी दिएको छ । 

शुक्रबारको उक्त घटनाले त्यहाँबाट तत्कालै ग्यारेज हटाउनु पर्ने भन्दै स्थानीयहरुले दवाव दिईरहेका छन् । अब ग्यारेज सञ्चालन गर्न नदिने भन्दै उनीहरुले ग्यारेज तत्काल बन्द गर्न माग गरेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार