भीआईपीहरुमा पनी कोरोना बढयो, जोगिएर काम गरौँ ; प्रधानमन्त्री ।



प्रकाशित: भाद्र १५, सोमबार, काठमाडौँ ।
भिआइपीहरुमा पनि कोरोना संक्रमण बढ्दै गएको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई सुरक्षित रहेर काम गर्नका लागि निर्देशन दिनुभएको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा यस किसिमको निर्देशन जारी भएको हो ।

गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बसेका कारण नेकपा सचिवालयको शनिबार बस्ने भनिएको बैठक रोकिएको थियो । तर, आइतबारको क्याबिनेट बैठकमा भने बादल र पोखरेल दुवै उपस्थित थिए । दुवै मन्त्रीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको छ । 

मन्त्रीहरूले आइसोलेशन बस्नुपर्ने अवस्था आएको प्रदेशका भीआईपीहरुको मा पनि कोरोना संक्रमण बढ्दै गएका कारण सुरक्षित रहन काम गर्नका लागि प्रधानमन्त्रीज्यूले यस किसिमको निर्देशन दिनुभएको हो ।


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार