विराटनगर, श्रावण ३०, शुक्रबार
विराटनगरको नोबेल मेडिकल कलेज एंड टिचिङ अस्पतालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत एक जना चिकित्सक , एक नर्स र एकजना कर्मचारी सहित ३ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित देखिएकाहरु ३ जना आइशोलेसनमा रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।
यसअघि नोबेलका ४ जनामा कोरोना पुष्टि भएको थियो । यो तथ्याङ्क सहित नोबेलमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । अस्पतालमा अहिलेसम्म २२४ जना मेडिकल टिम र कर्मचारीको स्वाब संकलन भएको दाहालले जानकारी दिनुभयो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :