विराटनगर , श्रावण २२, बिहिबार
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री, ४४ वर्षीय ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पोजिटिभ देखिएको छ । उहाँ आईतबार काठमाण्डौबाट प्रदेश फर्किएपछि स्वास्थ्य जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको हो ।
श्रावण २१ गते, राती आएको रिपोर्टमा वहाँमा कोरोना संक्रमण पुष्टी भएको हो । वहाँसँगै, वहाँका सवारी चालक, सुरक्षा गार्ड, अंगरक्षक र एकजना शसस्त्र प्रहरीका जवानमा पनि कोरोना संक्रमण देखिएको छ । मन्त्री यादव अहिले आफ्नै क्वार्टरमा आइसोलेशनमा बस्नुभएको जानकारी प्राप्त भएको छ । वहाँको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।
मन्त्री यादव काठमाण्डौमा प्रहरी समायोजन सम्बन्धी बैठकमा सहभागी भई आईतवार मात्र काठमाडौं बाट फर्किनुभएको थियो । बैठकमा राजनैतिक स्तरका उच्च व्यक्तित्वहरुसंग वहाँको भेटघाट भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमंत्री रामबहादुर थापा लगायत , वाग्मती प्रदेश बाहेक अन्य सबै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक लगायत उच्च तहका पदाधिारीको सहभागिता रहेको उक्त भेटघाटमा, बैठक पश्चात सामूहिक तस्बिर पनि खिचाइएको थियो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :