कुख्यात हतियार र लागू औषध कारोबारका मस्ट वान्टेड बग्गा पक्राउ ।


प्रकाशित: भाद्र ७, आइतबार, विराटनगर

प्रहरीको मस्ट वाण्टेड सूचीमा रहेको भारत बिहारको इन्द्रनगर ग्राम पञ्चायत– १० बस्ने ३९ वर्षका हतियार तथा लागूऔषध कारोबार गर्ने गिरोहका नाइके बग्गा भनिने प्रदीप यादवलाई पक्राउ गरेको छ ।३९ वर्षीय बग्गा सुनसरी मोरङमा हतियार र तथा लागूऔषध कारोबार गर्ने गिरोहका नाइके हुन्। 

बग्गालाई शनिबार दिउँसो साढे ४ बजे विराटनगर महानगरपालिका–१६ दरैयाबाट लागूऔषधसहित पक्राउ गरेको मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । उनको साथबाट डाइलेक्स डिसी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की बरामद भएको छ ।

बग्गासँग जोडिएको दुई वटा हातहतियार तथा लागूऔषध मुद्धा मोरङमा विचाराधीन छ ।

२०७५ मंसिर ३ र ८ गते बग्गाले हतियारसहित पठाएका भरिया विराटनगरबाट पक्राउ परेका थिए ।

३ मंसिरमा विराटनगर– १६ बाट उदयपुरको उदयपुरगढी गाउँपालिका– १९ का मन्दिप तामाङ, सुनसरीको इटहरी उपमहानगरपालिका– १२ का ३५ वर्षका सुशीलकुमार साहु पेस्तोल र चार राउण्ड गोलीसहित पक्राउ परे ।

भारतबाट बग्गाले पठाएको हतियार लिएर आउँदै गर्दा उनीहरु पक्राउ परेको प्रहरीको दाबी छ । लगत्तै ८ मंसिरमा विराटनगर बसपार्कबाट दुई जना भरिया र पेस्तोल बुझ्न काठमाडौंबाट आएका अर्का भरिया पक्राउ परेका थिए ।

प्रदीपले पेस्तोल र लागूऔषध विराटनगर – १६ का २२ वर्षका विद्यानन्द मण्डल र २० वर्षका अनुप गिरीको पेटमा टेपले बाँधेर १०५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर, ३८० एम्पुल लागूऔषध, कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने दुई राउण्ड गोली पठाएका थिए ।

विराटनगर वसपार्कबाट हतियार लिन आएका सुनसरी धरान घर भई ललितपुर– एकान्तकुनामा बस्दै आएका ४१ वर्षका रुपम राईसहित दुईजना भरिया पक्राउ परेका थिए ।

आज शनिबार मध्यान्न नेपाल प्रवेश गरेका यादवसँग प्रहरीको विराटनगर– १६ दरैयामा जम्काभेट भएको थियो । प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोजेका उनलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

पक्राउ गर्ने क्रममा एकजना प्रहरी हवल्दार सामान्य घाइते भएका छन् । घम्साघम्सी हुँदा बग्गाको शरीरमा सामान्य चोट लागेको प्रहरीको भनाइ छ । पक्राउ गर्नेक्रममा भाग्न खोजेपछि सामान्य बल प्रयोग भएको प्रहरी नायव उपरीक्षक राईले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार