नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता |



प्रकाशित : भदौ ४ , बिहिबार , काठमाडौँ 
दल दर्ताका लागि गत असार १२  गते निर्वाचन आयोगमा परेको निवेदनको आधारमा नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता भएको हो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएलगतै नेकपा एमालेको अस्तित्व समाप्त भएको थियो ।

सन्ध्या तिवारी को अध्यक्षतामा नवगठित नेकपा एमाले झण्डै दुई महिनाको अन्तरालपछि निर्वाचन आयोगले दर्ता गरेको छ भने महासचिवमा मनिष कुमार उपाध्याय रहेका छन् । पार्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ । कानुन अनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गर्ने निर्णय लिइएको एक आयुक्तले बताए । उनका अनुसार नेकपा एमाले नेपालको एक सय ३२ औं पार्टी बनेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार