संक्रमित हरुलाई अमानवीय व्यवहार नगरिदिनुहोला; महानगरको अनुरोध ।


महानगरको अनुरोध
विराटनगर, श्रावण २६, सोमबार

विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले नगरवासीहरुमा अनुरोध गरेको छ । कोरोना भाइरसको संक्रमण महानगरपालिकाभित्र तीव्र रुपमा फैलिरहेको अवगत गराउँदै यस्तो परिस्थितिमा सबैले एकजुट भई महामारी विरुद्ध लड्नुपर्ने कुराको अनुरोध महानगरले गरेको छ ।


नेपाल सरकारले जारी गरेको कविड-१९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका अनुसार केही सङ्क्रमितहरू महानगरपालिकाको उच्च निगरानीमा सतर्कता अपनाएर आफ्नै घरमा होम आइसोलेसन् मा सुरक्षित रहेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मी सुरक्षाकर्मी कर्मचारीहरुलाई घरबेटी, छर-छिमेक, आफन्तजनहरु बाट हेलाको दृष्टिकोणले हेर्ने र घर, समाजमा बस्न नदिने जस्ता क्रियाकलाप र व्यवहार भएका गुनासाहरू आइरहेका कारण महानगरले नगरवासीहरुलाइ उक्त किसिमका व्यवहारहरु नगरिदिनुहोला का लागि अनुरोध गरेको छ ।


त्यस्ता किसिमका व्यवहारले संक्रमितहरूको मनोबल घट्ने र स्वास्थ्यमा नकारात्मक असर पर्ने हुनाले त्यस्ता अमानवीय क्रियाकलाप नगरिदिनु हुन र संक्रमितको मनोबललाई उच्च बनाई भाइरससँग लड्ने क्षमता वृद्धि गराउन सहयोग गरिदिनुहुन नगरवासीहरुमा अनुरोध गरेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार