कागजपत्र नभएर अलपत्र कामदारलाई तत्काल उद्धार गर्न नमिल्ने; श्रममन्त्री ।



प्रकाशित: भदौ १५, सोमबार , काठमाडौँ ।
आइतबार पत्रकार सम्ममेलन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सर्वोच्च अदालतबाट श्रम स्विकृती लिएर वैदेशिक रोजगारीमा गएका तर कोभिड-१९ को कारणले रोजगारी गुमाएका श्रमिकलाई मात्र कल्याणकारी कोषको पैसाले स्वदेश फिर्ता गर्न मिल्ने आदेश दिदै अवैध कामदारलाई तत्काल उद्धार गर्न नसकिने बताए ।

वैदेशिक रोजगारीमा गएका तर कागजपत्र नभएर अलपत्र परेका अबैध नेपाली कामदार तत्काल स्वदेश फिर्ता नहुने भएका छन् । कागजपत्र नभएर अलपत्र भएका कामदारलाई कोरियामा महामारीको कारण रोजगारी गुमाउनुपरेको समस्या त छँदैछ त्यसमाथि नेपाल सरकारले पनि स्वदेश फिर्ता ल्याउन नसकिने भनेपछि उनीहरू झन् समस्यामा परेका छन् ।

श्रममन्त्रीका अनुसार ,श्रम स्विकृती नलिएका, भिजिट भिषामा गएका, भिषा भन्दा धेरै समय बसेका, अरु देशको एयरपोर्ट प्रयोग गरी गएकाहरुको तथ्याङ्क नै नभएको र उद्धारका लागि सर्वोच्चको आदेशअनुसार निर्देशिका बनाएकाले त्यस्ता श्रमिकलाई कोषको पैसाले उद्धार गर्न नसकिने,उनले बताए ।

तर , जसरी गएको भएपनि उनीहरूको उद्धार गर्ने कर्तव्य नेपाल सरकारको भएकोले निर्देशिकाको दायरालाई फराकिलो बनाउँदै लैजाने तयारीमा रहेको मन्त्री यादवले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार