कोरोना संक्रमितको कोशी अस्पतालमा मृत्यु


Koshi-hospital

विराटनगर, श्रावण १७, सोमबार


भर्खरै प्राप्त जानकारी अनुसार, विराटनगरको, कोशी अञ्चल अस्पतालको कोभिड-१९ केन्द्रमा, एकजना वृद्धको कोरोना का कारण आज सोमबार मृत्यु भएको छ । मृत्यु हुने वृद्ध व्यक्ति, मधुमेह का बिरामी थिए ।

मृत्यु भएका व्यक्ति विराटनगर ५ बस्ने , ७७ वर्षीय पुरुष हुन भनिएको छ । मृत्यु हुने व्यक्तिको विस्तृत विवरण प्राप्त हुन बाँकी छ । मोरङ्ग जिल्ला का प्र जी अ, कोषहरी निरौला ज्यू का अनुसार, उनको आज सोमबार मृत्यु भएको हो । विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । यसअघि कुनै बिरामीको मृत्यु भएको समाचार विराटनगरमा छैन । 

कोशी अस्पतालका सिनियर फिजिसियन डा दीपक सिग्देलका अनुसार, मृत्यु हुने ७७ वर्षीय वृद्ध आइसोलेशन मा थिए । आज दिउँसो ३:१५ मा उनको मृत्यु भएको हो । उनको मृत्यु भएपश्चात मात्र कोरोना संक्रमित हुन भनेर पहिचान भएको हो । बिहान १० बजे श्वासप्रश्वास सम्बन्धी समस्याका कारण उनलाई कोशी अञ्चल अस्पताल ल्याइएको थियो र कोरोना परीक्षण गर्न नमुना सङ्कलन गरिएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार