फिरौतीको लागि भिनाजु द्वारा सालोको अपहरण |



प्रकाशित: भदौ १४, आइतबार, नेपालगन्ज ।

बाँके जिल्ला खजुरा गाउँपालिका ५ रजनवा गाउँका १३ वर्षका बालक इसहाक जाकिर भन्ने इन्तजार खाँलाई उनका भिनाजु नेपालगन्ज उपमहानगरपालिका -१६ जयसपुरका २७ वर्षका कल्लु भन्ने कलिम खाँले ९ भदौमा अपहरण गरेका थिए। आफ्नै सालो अपहरण गरेर १० लाख रुपैयाँ फिरौती माग्ने खाँलाई बाँके प्रहरीले पक्राउ गरेको छ भने अपहरणको ३ दिनपछि बालकको सकुशल उद्दार गरेको छ ।

खजुरा-५ को रजनवा गाउँमा मोहर्रमको रमाइलो हेर्न गएको बेला बालकलाई अपहरण गरी जयसपुरस्थित आफ्नै घरमा बन्धक बनाएर फिरौती मागेको बाँकेका प्रमुख एसपी ओमबहादुर रानाका जानकारी दिए ।

प्रहरीले अभियुक्त खाँबाट अपहरण गर्न प्रयोग भएको भे ४ प २३४४ नम्बरको सुजुकी कम्पनीको मोटरसाइकल एउटा र फिरौती माग्न प्रयोग भएको मोबाइल एक थान बरामद गरेको जनाएको छ।

एसपि रानाका अनुसार पीडित बालकको परिवारले १० भदौमा जग्गा किन्नका लागि ४ लाख ८५ हजार रुपैयाँ जम्मा गरेको थाहा पाएपछि पैंसाकै लागि अपहरण गरेको देखिन्छ’। २४ घण्टापछि खबर पाएको प्रहरीले खोजतलास जारी राखेको थाहा पाएपछि बालकलाई फुपुको घरमा लगेर छोडेको प्रहरीले जनाएको छ।

भदौ ११ मा जानकी गाउँपालिका-५ बुढिया गाउँमा पीडित बालकको फुपुको घरमा लगेर छोडेको अवस्थामा फेला पारेर उद्दार गर्‍यो भने खजुरा गाउँपालिकाको धनौलीबाट अभियुक्तलाई पक्राउ गर्न सफल भएको एसपि राणाले बताए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार