कोरोना माथि राजनीति भएको र जनतालाई भ्रम फैलाएको भन्दै बेलायतमा सरकार विरुद्ध प्रदर्शन ।



प्रकाशित: भदौ १४,  आइतबार 
 
जर्मनीको बर्लिन र बेलायतको लन्डनमा विशाल जनप्रदर्शन भएको छ । कोरोना भाइरस माथि राजनीति भएको र जनतालाई भ्रम फैलाउँदै सरकारले थुन्ने काम गरेको भन्दै त्यहाँ ठूलो जनप्रदर्शन भएको हो । 

उक्त प्रदर्शनमा नागरिकहरूले सरकारले कोरोना बारे भ्रम फैलाउँदै नागरिकहरुको स्वतन्त्रताको हनन गरेको भन्दै आवाज उठाएका छन् । बेलायतको लन्डनमा अहिलेपनि हजारौँ को संख्यामा जनप्रदर्शन भइरहेको जानकारी छ । एजेन्सीको अनुसार, सरकारले नागरिकहरूलाई कोरोना बारे त्रास फैलाएको, डर देखाएको र गलत सूचना प्रवाह गरेको प्रदर्शनकारीहरुको आरोप छ । 

बर्लिनमा प्रदर्शन गरिरहेका स्वतन्त्र नागरिकहरुको समूहलाई भने त्यहाँको प्रहरीले तितरबितर पारेको खबर छ । लन्डनमा भइरहेको जनप्रदर्शन मा उनीहरुले कोरोना का कारण आउने हिउँद महिना सम्म ८५ हजार व्यक्तिहरूको मृत्यु हुने भनी सरकारले झुटो आँकडा रिपोर्ट सार्वजनीक गरेको आरोप लगाएका छन् ।
 
साभार: बि.बि.सि बाट


.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार