जन्मेदेखि २८ दिन भित्रमा नवजात शिशुलाई भिटामिन के अनिवार्य |



प्रकाशित: भदौ १५, सोमबार ,काठमाडौँ |
रगतको मात्रा बढाउनका लागि सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान) दिन थालेको छ। जन्मेदेखि २८ दिनभित्रमा सुईको माध्यमबाट दिइने ‘भिटामिन के’ को नाम (के वान) राखिएको छ ।

दुई वर्षअघिदेखि कम तौल भएको शिशुलाई मात्र दिंँदै आएको ‘भिटामिन के’ रगतको मात्रा कमी हुन नदिनका लागि यस आर्थिक वर्षदेखि जन्मिने सबै शिशुलाई दिन थालिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतका खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले बताए। 

उनका अनुसार शिशुमा रगत जमाउने तत्व कम हुने र यसले गर्दा रक्तस्राव भई शिशुको मृत्युदर पनि बढ्ने भएकाले रगत जमाउने तत्वको काम गर्न ‘भिटामिन के’ दिन थालिएको हो।

शिशु जन्मिदा खेरिको तौलको आधारमा एक किलोभन्दा माथि भए एक मिलिग्राम र एक किलोभन्दा कम छ भने ०.५ मिलिग्राम दिइनेछ ।

कोभिड—१९ को कारणले ‘भिटामिन के’ कार्यक्रम लागू गर्न ढिलो भएपनि यसै आवदेखि नवजात शिशुका लागि ‘भिटामिन के’ दिइने छ भने भिटामिन के’ दिनका लागि सबै प्रदेशले बजेट र निर्देशिका पठाइसकेको खोप शाखा प्रमुख डा.गौतमले जानकारी दिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार