प्रदेश १ को राजधानी विराटनगरमा थप ४३ जना कोरोना संक्रमण पोजिटिभ देखिएका छन् । विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले दिनुभएको जानकारी अनुसार शनिबार राति ४३ जना कोरोना संक्रमित थपिएका हुन् । यो सँगै विराटनगरमा संक्रमित हुनेको संख्या ५ सय २३ पुगेको छ । संक्रमितहरुमा पाँच वर्षीय बालक देखि ६३ वर्षीय सम्मका वृद्ध वृद्धा रहेका छन् ।
गत २७ र २८ गते उनीहरूको श्वाब संकलन गरिएको थियो । शनिबार दिउँसो विराटनगरमा मात्र ३८ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । विराटनगर २ मा चार जना कोरोना संक्रमित थपिएका हुन् भने विराटनगर ३ मा ६ जना संक्रमित थपिएका छन् । यस्तै ४ नम्बर वडामा ३ जना संक्रमित थपिएका छन्, ५ नम्बर वडामा चारजना, ६ नम्बरमा ७ जना र विराटनगर ८ मा एक जना संक्रमित थपिएका हुन् । यसैगरी बिराटनगर वडा नम्बर ९ , ११ र १५ मा ६६ जना संक्रमित थपिएका हुन् । विराटनगरमा मात्रै कोरोना सङ्क्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ भने ८६ जनाले कोरोना जितेर फर्किसकेका छन् ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :