सुनसरीमा एकजना युवकको विभत्स किसिमले हत्या भएको छ । सुनसरीको नरसिंह गाउँपालिकामा उक्त युवकको हत्या भएको हो । उनी नरसिंह गाउँपालिका को भोक्राहा निवासी २१ वर्षीय गुनानन्द यादव भएको प्रहरीले जनाएको छ ।
निर्ममता पूर्वक हत्या गरी, हात गोडा बाँधेर, बोरा भित्र हाली, ढुङ्गा राखेर सुनसरी खोलामा फ्यालिएको अवस्थामा उनको शव फेला परेको हो । हत्याको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको जानकारी जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिनुभएको छ ।
हत्याको कारण भने प्रहरीको अनुसन्धान पश्चात मात्र थाह हुनेछ । हत्या कुन् कारण ले गरिएको हो भन्ने कुरा प्रहरीले अनुसन्धान गरिरहेको शर्माको भनाई छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :