स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरे पाता फर्काएर ६ महिना जेल हाल्ने : प्रमुख जिल्ला अधिकारी


Health-workers
प्रकाशित: भदौ ८, सोमबार, काठमाडौँ

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रशासनलाई सिफारिस गरेको छ।

प्रशासनलाई सिफारिस गरेलगत्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले स्वास्थ्यकर्मीलाई अबरोध गर्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्ने चेतावनी दिनुभएको छ ।

स्वास्थ्यकर्मी राखिएको भन्दै बानेश्वरका स्थानीयले त्यहाँको होस्टेल घेराउ गर्दै सञ्चालकलाई धम्की दिएका थिए । घेराउ गर्ने र धम्की दिनेको पहिचान भइसकेकाले त्यस्ता व्यक्तिलाई खोजीखोजी संक्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी दाहालले चेतावनी दिएका छन् ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मी भगवान हुन्, ,त्यस्तालाई रोक्नेलाई पाता फर्काएर ६ महिना जेल हाल्छु । मैले सुरक्षाकर्मीलाई पक्राउ गर्न निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। 

चितवनमा डाक्टरको घरमा कालो ब्यानर राख्ने र काठमाडौंमा सिभिल अस्पतालका डाक्टर बस्ने घरबाहिर हुलदङ्गा गर्ने , यसरी स्वास्थ्यकर्मीलाई गरिने दुर्व्यवहार सह्य नहुने भन्दै कारबाही गर्न प्रशासनलाई सिफारिस गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका थिए।

दिनरात नभनी काम गरिरहेका स्वास्थ्यकर्मीलाई सम्मान गर्न उनले आग्रह पनि गरेका थिए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार