भाद्र मसान्तसम्म सवारीसाधन र आन्तरिक उडान थप्प, निशेधाज्ञा बढ्न सक्ने ।



प्रकाशित: भाद्र १५, सोमबार , काठमाडौँ ।
कोरोना संक्रमण बढ्दै गएका कारण भदौ महिनापनि ठप्प गर्ने निर्णय आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले गरेको छ । लामो दूरीका सवारी साधन तथा आन्तरिक उडान भदौ मसान्तसम्म स्थगित गरिएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यसअघिको निर्णय परिमार्जन गरी लामो दूरीका सवारीसाधन र आन्तरिक उडान संचालन गर्ने मिति लम्ब्याएको हो । कोरोना संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गरी यस किसिमको निर्णय गरिएको श्रोतले बताएको छ ।

कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरि लामो दूरीका सवारीसाधन र आन्तरिक उडान गर्न तत्काल सम्भव नदेखिएको मन्त्रिपरिषद्को भनाइ छ । यसअघिको निर्णयमा भदौ १५ गतेदेखि आन्तरिक उडान तथा लामो दूरीका सवारीसाधन सञ्चालन गर्ने भनिएको थियो । राजधानीमा कोरोना भाइरसका संक्रमित बढिरहेका समयमा मन्त्रिपरिषदले साबिकको निर्णयमा पुनर्विचार गरि परिमार्जन गरेको हो।

कोरोना संक्रमण अझ बढ्दै गए दुई साताका लागि गरिएको निषेधाज्ञा समेत बढाउने तयारीमा राजधानीका तीन जिल्लाका सिडिओहरु पुगेको बताइएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार