विराटनगरको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण ठप्प ।


प्रकाशित: भदौ ५, शुक्रबार 
विराटनगरको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण ठप्प भएको छ । बिराटनगर रिएजेन्ट सकिएका कारण बिहीबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरको पीसीआर जाँच गर्ने मेसिन बन्द भएको छ।

 प्रदेश प्रयोगशालामा ठूलो पीसीआर मेसिन र साना पोर्टेबल तीनवटा मेसिनबाट कोरोना जाँच हुँदै आएको थियो । तर बिहीबारबाट एकै पटक ९६ वटा नमुना जाँच गर्न सक्ने मेसिन बन्द हुँदा पीसीआर विधिबाट हुने कोरोना जाँच ठप्प भएको छ। प्रदेश प्रयोगशाला निर्देशक जयबेन्द्र यादवका अनुसार् ठूलो मेसिन सञ्चालनमा आउँदा ल्याबले दैनिक ८ सय सम्म पीसीआर जाँच गरेको थियो।

 साउन पहिलो साता स्वीस सरकारले प्रदेश १ लाई दुई वटा पीसीआर मेसिन दिएको थियो । सोही मेसिनको रिएजेन्ट लोइल प्लेट सकिएको हो। मेसिनसँगै आएको प्लेटले यतिका दिनसम्म पुग्यो’ यादवले भने ‘एउटै कम्पनीको प्लेट प्रयोग गर्नुपर्ने रहेछ सो मेसिनको प्लेट बजारमा पाइएन ।’ सोही मेसिनको रिएजेन्ट 'लोइल प्लेट' मंगलबारसम्म आइपुग्ने निर्देशक यादवले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार